ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

प्रथम बुटवल फिस टनेल एण्ड दुबई सिटी मेला–२०८२ सम्पन्न

६ मंसिर २०८२, शनिबार
६ मंसिर २०८२, शनिबार

बुटवल ।

बुटवलमा सञ्चालन भएको प्रथम बुटवल फिस टनेल एण्ड दुबई सिटी सांस्कृतिक तथा रमाइलो मेला–२०८१ सम्पन्न भएको छ।

रोट्र्याक्ट क्लब अफ बुटवल साउथको आयोजनामा बुटवल–११ देविनगरस्थित रंगशाला नजिकको खुला चौरमा कार्तिक १३ गतेदेखि सुरु भएको मेला मंसिर ४ गते औपचारिक रूपमा समापन गरिएको हो।

समापन समारोहका प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाकी उप–प्रमुख सावित्रादेवी अर्याल रहेकी थिइन्। समापन समारोहमा बोल्दै उप–प्रमुख अर्यालले बुटवलमा यस्ता विशिष्ट सांस्कृतिक कार्यक्रमहरूले पर्यटन, कला र स्थानीय अर्थतन्त्रलाई उकास्ने बताइन्।

 त्यस्तै, आयोजक संस्थाका अध्यक्ष इपल भण्डारीले पनि मेला सफलतापूर्वक सम्पन्न भएकोमा धन्यवाद व्यक्त गर्दै आगामी वर्षहरूमा अझ आकर्षक कार्यक्रमसहित मेलालाई निरन्तरता दिइने बताए। मेलाको मुख्य आकर्षण मानिएको जल परी (मर्मेड शो) कार्यक्रम अवधिभर सर्वाधिक चर्चामा रह्यो।

फिस टनेलभित्र सिसाको ठूलो बक्समा पानीसहित राखिएका फिलिपिन्सकी युवतीहरूले जल परीको रूपमा प्रस्तुत गरेको कला बुटवलका दर्शकका लागि पहिलोपटक अनुभव भएको आयोजक सचिव तथा सांस्कृतिक संयोजक शंकर काफ्लेले बताए।

साथै, दुबई सिटी थिम पार्क, वैष्णवदेवी मन्दिर, बाल उद्यान, कृषि, होटल–हस्तकला र दैनिक उपभोग्य वस्तुसहितका १०० भन्दा बढी प्रदर्शनी स्टल पनि मेलाभरि आकर्षण बनेका थिए। ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक तथा अपाङ्ग–असक्त व्यक्तिहरूलाई मेलामा निःशुल्क प्रवेश प्रदान गरिएको थियो। मेलामा दैनिक रूपमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको आकर्षक प्रस्तुति भएको थियो।

मेला अन्तर्गत आयोजित विभिन्न प्रतियोगितामा डान्स आइडलतर्फ किरण मगर प्रथम, सुबास बगाले दोस्रो र सटिस शेन्चुरी तेस्रो भएको सांस्कृतिक सह–संयोजक दिपु मगरले जानकारी दिए। उनका अनुसार टिकटक प्रतियोगितामा उषा खत्री प्रथम र ऋषि बन्जाडे दोस्रो भएका छन्।

विजयी प्रतिभाहरूलाई अध्यक्ष इपल भण्डारीले प्रमाणपत्र तथा पुरस्कार प्रदान गरेका थिए। जेनजि आन्दोलन, चाडपर्वका कारण करिब डेढ महिना ढिलाइ भएर सुरु गरिएको यो मेला अन्ततः सफलतापूर्वक सम्पन्न भएको आयोजक समितिले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?