© २०२३
काठमान्डौ, ६ मंसिर ।
नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने औपचारिक निर्णय गरेको छ । शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले २०७९ साल फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा सक्रिय रूपमा भाग लिने निष्कर्ष निकालेको हो ।
बैठकका निर्णय सार्वजनिक गर्दै महामन्त्री गगनकुमार थापाले भने, “प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा भइसकेको सन्दर्भमा वर्तमान राजनीतिक परिस्थितिको स्वाभाविक र उचित निष्कर्ष निर्वाचन नै हो भन्ने ठहरसँगै नेपाली कांग्रेसले चुनावमा सहभागी हुने निर्णय गरेको छ ।”
कांग्रेसले २०७९ माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचन तथा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक प्रक्रिया पूरा गर्दै दल दर्ता गर्न निर्वाचन आयोगमा जाने पनि निर्णय गरेको छ ।
महामन्त्री थापाले भने, “राष्ट्रियसभा सदस्य तथा प्रतिनिधिसभा निर्वाचनको प्रयोजनका लागि नेपाली कांग्रेसलाई निर्वाचन आयोगमा तत्काल दर्ता गर्ने निर्णय गरिएको छ ।”