ट्रेंडिंग:

>> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान

बरघरः हिउँटी थारु

विगत १२ वर्षदेखि बरघर बनेर उनले गाउँको नेतृत्व गर्दै आएकी छिन् । ६० वर्ष नाघेकी उनीमा न त जाँगर र नेतृत्व क्षमतामा कतै उमेरको छाया देखिन्छ । न त सिङ्गो गाउँ हाँक्नमा पढाइको अभाव भेटिन्छ ।
६ मंसिर २०८२, शनिबार
६ मंसिर २०८२, शनिबार

नेपालगन्ज,  ०६ मङ्सिर  ।

बाँकेको राप्ती सोनारी गाउँपालिका–२ महेन्द्रपुरकी हिउँटी थारु उमेरले ६० वर्ष पार गरिसकिन् ।

तर उमेरको छाया उनको जाँगर र नेतृत्व क्षमतामा कतै देखिँदैन । उनले विगत १२ वर्षदेखि बरघर बनेर आफ्नो गाउँको नेतृत्व गर्दै आएकी छिन् । अक्षर चिन्न, पढ्न नआए पनि उनलाई सिङ्गो गाउँ हाँक्न समस्या छैन ।

मोबाइल, इमेल, इन्टरनेटको जमानामा पनि उनले मोबाइल प्रयोग बिना नै आफ्नो गाउँका प्रत्येक घरमा प्रत्यक्ष पुगेर सूचना प्रवाह गर्दै आएकी छन् । उनी भन्छिन्, ‘मोबाइल चलाउन जान्दैन, गाउँमा कुनै सामाजिक कामका लागि भेला गराउनु परेको बेला सबैलाई खबर गर्न आफै पुग्छु ।’

थारु समुदायमा माघ पर्वमा बरघर परिवर्तन गर्ने परम्परा छ । बाँकेका केही स्थानमा भने जेठको महिनामा पनि बरघर परिवर्तन गर्ने गरेका छन् । प्रत्येक वर्षको माघमा अरूलाई नेतृत्व हस्तान्तरण गर्न चाहे पनि समाजले आफ्नो विकल्पमा कसैलाई अगाडि सार्न नचाहेको उनी बताउँछिन् ।

गाउँमा हुने सामाजिक कार्य, मर्नी कर्नी, सार्वजनिक पूजा पाठ, ससाना विकास निर्माणको कार्यमा जनश्रमदानको नेतृत्वदायी भूमिका निभाउँदै आएको र आफ्नो नेतृत्व समाजले रुचाउँदै आएकोले हालसम्म आफैले गाउँको अगुवाइ गर्दै आएको हिउँकीको भनाइ छ । समाजले विश्वास गर्दै आएमा र शरीरले साथ दिँदा सम्म नेतृत्व गर्न सक्ने उनको विश्वास छ ।

सदियौँदेखि पुरुषले समाज चलाउँदै आएकोमा केही वर्ष यता महिलाले पनि नेतृत्व गर्दै आएका छन् । महिलालाई पनि बरघरको नेतृत्व गर्न दिने परम्परा सुरु भएको छ । बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र दाङमा करिब ५० जना बढी महिलाले बरघरको नेतृत्व गरिरहेको देखिन्छ ।

ती महिलाले कुशलता पूर्वक नेतृत्व बहन गरेको भन्दै समाजले बरघर परिवर्तन नगरेर तिनै महिलालाई जिम्मेवारी दिँदै आएको छ । समाजले महिलालाई पनि विश्वास गरेर सहायक बरघर र मुख्य बरघरको समेत जिम्मेवारी दिन थालेको छ ।

आफ्नो कार्यकुशलता देखेर समाजले नेतृत्व नछोड्न आग्रह गरेकोले हाल नेतृत्व गरिरहेका बड्घर महिलाहरू बताउँछन् ।  राप्ती सोनारी–६ पद्नाहाकी जुगमानी थारुलाई पनि समाजले ५ वर्षको नेतृत्व सुम्पिसकेको छ ।

तीन वर्षदेखि बड्घर बनेर गाउँको नेतृत्व गर्दै आएकी जुग्मानीलाई कुनै समस्या छैन । उनी भन्छिन्, ‘महिलालाई अन्य थारु गाउँहरूमा नेतृत्व नदिएर मात्र हो, म जस्तै अरू महिलाले पनि सहजै बरघरको नेतृत्व सम्हाल्न सक्छन् ।’

थारु समुदायमा गाउँ समाजको नेतृत्वगर्ने व्यक्तिलाई बरघर, भल्मन्सा, मटावाँ, ककन्दारलगायतका नामले चिनिन्छ । दाङ र बाँकेमा मटावाँ, बर्दियामा बरघर, कैलाली र कञ्चनपुरमा भल्मन्साको नामले चिनिए पनि सबैको काम कर्तब्य र जिम्मेवारी गाउँको अगुवाइ गर्ने रहेकोले सबै जिल्लामा एकरूपता दिनलाई पछिल्लो समय सबैतिर बरघर भन्ने गरिएको छ ।

थारु समुदायको प्रथाजनित परम्पराका रूपमा रहेको बरघर प्रणालीमा पुरुषले मात्र नेतृत्व पाउने चलन बिस्तारै महिला–मैत्री हुँदै गएको छ । महिलाले नेतृत्व सम्हालेपछि समाजमा धेरै परिवर्तन ल्याएको बरघर महिलाहरू बताउँछन् ।

आर्थिक क्षेत्रमा पुरुषभन्दा महिला परदर्शी रहेको पनि उनीहरूको भनाइ छ । राप्ती सोनारी २ मदुवा गाउँकी बरघर मिना थारुले तीन वर्षदेखि नेतृत्व सम्हाल्दा समाजमा कुनै विवाद आउन नदिएको बताउँछिन् ।

उनी भन्छिन्–‘यसअघिका बरघरहरूले समाजमा हुने झैझगडा मिलाउँदै आएका थिए, मैले नेतृत्व सम्हालेदेखि त्यस्तो समस्या मकहाँ आएको छैन ।’ थारु महिलाहरू बिस्तारै बरघरको नेतृत्व सम्हाल्ने अवसर पाउन थालेको उनको भनाई छ ।

समाजले महिलाको नेतृत्व स्वीकार गर्न नसकेकै कारण आफ्नो आमा र बज्यैहरूको पालामा महिलाहरूले अवसर नपाएको बरघर मिना बताउँछिन् । घर–परिवार, बालबच्चा, चुलोचौको, खेतबारी—सबै महिलाकै काँधमा पर्ने हुँदा नेतृत्वमा चुनौती बढ्ने मानिन्छ ।

तर बर्दिया राजापुर–१ की फूलकुमारी थारु भन्छिन्— ‘पुरुषले घरधन्दा र नेतृत्व एकै चोटि गर्न गाह्रो पर्छ । तर महिलाले दुवै जिम्मेवारी सजिलै सम्हाल्छन् ।’ थारु समुदायमा नयाँ वर्षको रूपमा मनाइने माघ पर्वमा बड्घरको समीक्षा पनि गरिन्छ भने चित्त नबुझे बड्घर परिवर्तन गर्ने परम्परा रहेको पाइन्छ ।

आफ्नो कामको समीक्षा तथा मूल्याङ्कन माघ पर्वमै हुने गरेको र हालसम्म राम्रै मूल्याङ्कन भइरहेकाले समाजले जिम्मेवारीबाट हटाउन नसकेको कञ्चनपुर बेलौरी नगरपालिका ९ की गितादेवी डंगौरा बताउँछिन् ।

उहाँ भन्छिन्, ‘महिलाहरू सभ्य तरिकाले नेतृत्व गर्छन्, आर्थिक पारदर्शिता महिलाले राम्रो गर्छन्, भ्रष्टाचार गर्न जान्दैनन्, त्यसैले बरघर नेतृत्वमा महिलाहरू पनि वर्षौँसम्म टिकिरहेका छन् ।’

धेरै थारु गाउँहरूमा अहिले पनि बरघरको नेतृत्व महिलालाई सहजै दिन नसकेको देखिन्छ । सहायक बरघरको रूपमा भने केही गाउँहरूमा अलि बढी महिलाले जिम्मेवारी पाएका छन् ।

राप्ती सोनारी ४ पसरामपुरमा कान्छा थारुले लगातार १९ वर्षसम्म बरघरको नेतृत्व गरे पनि गत वर्षको माघदेखि पहिलो पटक फूलकुमारी थारुलाई सहायक बरघर बनाइएको छ । फूलकुमारीलाई सहायक बरघर बनाएपछि आफूलाई पनि सामाजिक काममा केही बोझ हल्का भएको मुख्य बरघर कान्छा थारुको भनाई छ ।

उनी भन्छन्, ‘सहायक बरघरको जिम्मेवारी महिलालाई दिएपछि समाजको नेतृत्व गर्न सिकेपछि आगामी दिनमा महिलाले पनि मुख्य बरघरको जिम्मेवारी सम्हाल्न सक्छन्, समावेशिताको राम्रो अभ्यासको सुरुवात भएको छ ।’

राप्ती सोनारी ५ ललहीमा पनि गत जेठमा मन्जु थारुलाई सहायक बरघरको जिम्मेवारी सुम्पीएको ललहीका मुख्य बरघर सुशिल चौधरीले बताए । उनीसँगै बरघर सचिवमा पनि राजकुमारी थारुलाई मनोनित गरिएको चोधरीले जानकारी दिए ।

सहायक बरघर र सचिवमा महिला राखेपछि सामाजिक काममा महिला सहभागिता गराउन सहज भएको बरघर चौधरीको भनाइ छ ।
महिलाले पनि नेतृत्व सम्हालेपछि थारु समुदायमा नयाँ युगको सुरुवात भएको मटावाँ बरघर महासङ्घका अध्यक्ष एवं लुम्बिनी प्रदेशका पूर्व मुख्य मन्त्री डिल्ली बहादुर चाौधरीको भनाइ छ ।

उनी भन्छन्–‘बरघर प्रणालीमा पनि समावेशिताको महत्त्व छ, तर पहिले जे जस्तो भए पनि अब मुख्य र सहायक बरघर मध्य एउटामा महिलालाई समेट्न जरुरी छ ।’ प्रथाजनित प्रणाली भएकाले पहिले देखिनै पुरुषले नेतृत्व गरे पनि अबका पुस्ताले समावेशीको दृष्टिकोणले महिलालाई अवसर दिनै पर्ने उनको जोड छ ।

पश्चिम नेपालका थारु समुदायमा हाल करिब ६ हजारको हाराहारीमा बरघरको सङ्ख्या रहेको बरघर महासङ्घका अध्यक्ष एवं पूर्व मुख्य मन्त्री चौधरीले जानकारी दिए । ती मध्य अधिकांश पुरुष बरघर रहेका छन् ।

दाङ र बाँकेमा अझै पनि बरघर महिलाको अभ्यास धेरै देखिँदैन । तर अझ धेरै महिलालाई अग्रसर गराएर बड्घरको भूमिकामा ल्याउनुपर्ने हाल नेतृत्व गर्दै आएका बरघर महिला बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?