ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

विश्व टेलिभिजन दिवस 

५ मंसिर २०८२, शुक्रबार
५ मंसिर २०८२, शुक्रबार

‘टेलिभिजन विश्वसनीय सञ्चार माध्यम हो, यसको लोकप्रियता बढाऔँ’ भन्ने नाराका साथ आज विश्व टेलिभिजन दिवस विश्वका साथै नेपालमा पनि मनाईदैछ ।

टेलिभिजन दिवसको नाराले भनेजस्तै टेलिभिजन विश्वको सबैभन्दा विश्वसनीय सञ्चारको माध्यम हो । पछिल्लो समय सामाजिक सञ्जालको विकासका कारण यसको लोकप्रियता घट्दै गएको अनुभूति हामी सबैले गरेका छौँ ।

तर, अव यसको लोकप्रियता बढाउनेतर्फ ध्यान दिनु जरुरी छ । खासगरि विभिन्न घटनालाई चित्रका माध्यमबाट प्रस्तुत गर्नु यसको सबैभन्दा ठुलो साख हो । विश्वलाई चित्रका माध्यमबाट जोड्ने एक मात्र भरपर्दो र विश्वासिलो आधार भनेकै टेलिभिजन हो भन्दा अत्युक्ति हुँदैन ।

टेली भन्ने शब्दले आविष्कार, मानव सम्बन्ध अनि दुरीलाई जनाउँछ । अर्थात् विश्वको एक कुनामा भएको घटना यही टेलिभिजनमार्फत विश्वको अर्को कुनामा बसेर सचित्र हेर्न सकिन्छ ।

टेलिभिजनको विकास जहिले भए पनि सयौँ वर्षसम्म र अझैसम्मपनि यसले लोकप्रियता कायमै राख्न सक्नु सूचना तथा सञ्चार प्रविधिका लागि चुनौती हो । विश्वमा टेलिभिजनले ल्याएको सञ्चार क्रान्तिको जति नै प्रशंसा गरे पनि त्यो कम नै हुन्छ ।

टेलिभिजनकै आविष्कारको सहयोगबाट मोबाइलको विकास भयो । वैज्ञानिकहरू नै स्वीकार गर्दछन्–यदि टेलिभिजनको विकास नभएको भए मोबाइल आजको रूपमा आउन अझै वर्षौँ लाग्न सक्थ्यो । आजको दुनियाँमा टेलिभिजनको जति महत्त्व अरू कुनै माध्यमको छैन । मोबाइल टेलिभिजनकै विकसित रूप हो ।

टेलिभिजनको आविष्कार भएकै कारण अहिले हरेकका घरमा विश्वको कुनै एक कुनामा घटेको घटना अर्को कुनामा क्षणभरमै हेर्न सकिने भएको छ । अर्कोतर्फ रोजी रोजी आफूलाई मन परेको कुरा हेर्न सकिन्छ ।

डिजिटल प्रविधिले त सर्च गरेर पनि आफूले चाहेको कुरा हेर्न सजिलो बनाइदिएको छ । नेपालकै कुरा गर्दा अहिले दर्जनौ टेलिभिजन च्यानल नियमित प्रसारणमा रहेका छन् । टेलिभिजनको विकास क्रमले पछिल्लो समय धेरै फड्को मारेको छ ।

आजको दिनमा केवल टेलिभिजनकै कुरा गरेरमात्रै होइन विशेष गरेर पर्दा पछाडिका प्राविधिक, क्यामेराम्यान, मेकअप आर्टिस्ट लगायतका सबै टिभी कार्यक्रम उत्पादक समूह अनि प्राविधिकहरूको योगदानको पनि सराहना गर्ने दिनको रूपमा हेरिएको छ ।

टिभीमार्फत नयाँ कुरा, ज्ञान, सीप अनि अनुभवहरू लिन सकिन्छ, नदेखेको ठाउँ देख्न सकिन्छ अनि कतिपय महत्त्वपूर्ण कुराहरू प्रत्यक्ष हेर्न सकिन्छ । टेलिभिजनले मनोरञ्जन प्रदान गर्नुका साथै आम दर्शक श्रोतालाई सूचना दिएर सूचनाको पहुँचमा पु¥याउन अहम् भूमिका खेलेको छ ।

शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा खबरदारीको भूमिका निर्वाह गर्दै ताजा–ताजा समाचार, कार्यक्रम, विज्ञापन र मनोरञ्जनात्मक कार्यक्रम प्रसारण गरेर दर्शक र श्रोतालाई सु–सूचित गर्नका लागि टेलिभिजनहरूले महत्त्वपूर्ण भूमिका खेलेको छ ।

सूचनाको क्षेत्रमा टेलिभिजनले पु¥याएको योगदान अतुलनीय रहेको छ भन्दा फरक पर्दैन । यसर्थ आगामी दिनहरूमा पनि सूचनाबाट सबैको समान पहुँच पुग्ने गरी टेलिभिजनको विकास र विस्तारमा सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।

विश्वमा विश्व टेलिभिजन दिवस मनाउन थालिएको लामो समय भइसकेको छ । अब सूचना साम्राज्यको बढ्दो विकासले टेलिभिजनलाई पनि ओझेलमा पार्ने अवस्था आइसकेको छ ।

पछिल्लो समय टेलिभिजनभन्दा मोबाइलको प्रयोग बढेको छ तर जति नै प्रयोग बढे पनि टेलिभिजनको मूल्य मोबाइलले भेट्न सक्दैन । विश्वमा हुने ठुलो ठुलो घटना, विश्व खेल, रियालिटी सो तथा चलचित्र हेर्न टेलिभिजनको जति महत्त्व छ ।

विश्वमा टेलिभिजनको युग समाप्त भएको छैन । बरु टेलिभिजनको प्रभावकारिता बढ्दै गएको अनुभूति भइरहेको छ । विश्व टेलिभिजन दिवस मनाउँदै गर्दा टेलिभिजनको प्रभावकारितामा कमी नआए पनि दर्शकको सङ्ख्यामा भने भारी कमी आएको सत्य हो ।

तर यो वर्षको दिवसको नाराले भनेजस्तै टेलिभिजनको विश्वसनीयता अरू सञ्चार माध्यमले प्रवाह गर्न सक्दैन । तसर्थ टेलिभिजन आम सञ्चार माध्यमको अभिभावक हो । यसको गरिमा वृद्धिमा सबैले सहयोग पु¥याउनु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?