ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

मधेसी महिलालाई सिकाइयो गुन्द्रुक बनाउने सिप

५ मंसिर २०८२, शुक्रबार
५ मंसिर २०८२, शुक्रबार

लुम्बिनी, ०५ मङ्सिर ।

रुपन्देही जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिकाका चार वडाका ३६ जना मधेसी समूहका महिलालाई गुन्द्रुक बनाउन सिकाइएको छ ।

इस्लामिक रिलिफ नेपालको आर्थिक सहयोगमा लुम्बिनी एकीकृत विकास संस्था (लिडो नेपाल) कपिलवस्तुद्वारा रुपन्देहीको दुई पालिकामा सञ्चालित न्यून आय भएका र संकटासन्न समुदायको उत्थानशीलता अभिवृद्धि परियोजना अन्तर्गत व्यावसायिक तरकारी उत्पादक किसानहरूलाई कटानी पछिको व्यवस्थापन र मूल्य अभिवृद्धि सम्बन्धी दुई दिने तालिम अन्तर्गत गुन्द्रुक बनाउन सिकाइएको हो ।

पालिकाको वडा नम्बर २,४,११ र १२ का १८ कृषक समूहका महिला कृषकलाई तालिममा सहभागी रहेका थिए । “हामीलाई गुन्द्रुक (सिन्की) बनाउने तालिम नौलो लागेको छ । अहिले सम्म सिन्की खाएका छैनौ । पहिले त बनाउन सिके पछि खाएर हेर्छौ ।

राम्रो भए व्यवसायीक रूप दिन्छौ ।” तालिममा सहभागी वडा नम्बर १२ भईकी कुमारी लोधले भनिन । सिजनमा खेर जाने तरकारीलाई सिन्की बनाएर बेसिजनमा उपभोग गर्न सकिने बारे जानकारी पाएको उनले बताइन । “हामीलाई गुन्द्रुक बारे कुनै जानकारी थिएन ।

आज तालिममा जानकारी पनि पायौँ । गुन्द्रुक बनाउन पनि सिक्यौँ ।” वडा नम्बर ४ शिव लवा कृषक समूहकी सदस्य जोहरा खातुनले भनिन । ताजा तरकारी नभएका बेला गुन्द्रुक उपभोग गर्न सकिने जानकारी पाएको बताउँदै उनले अब गुन्द्रुक बनाउने, उपयोग गर्ने र बिक्री वितरण गर्ने उनले बताइन ।

मधेसी समुदायमा उत्पादन उपरान्तका तरकारीलाई व्यवस्थापन गर्ने सिप प्रदान गर्न र मूल्य अभिवृद्धि गर्न तालिम दिइएको तालिमका प्रशिक्षक समेत रहेका देवदह नगरपालिकाका सहायक कृषि विकास अधिकृत राजेन्द्र चौधरी थारुले बताए ।

“उत्पादित मुला, काउली, सागपात खेर गई रहेको हुन्छ । त्यसलाई कसरी पछि सम्म उपयोग गर्न लायक बनाउने भन्ने सिप तालिम मार्फत दिन्छौँ । ” उनले भने । तालिममा गुन्द्रुक बनाउने बारे सैद्धान्तिक र प्रयोगात्मक अभ्यास, तयार गर्न लाग्ने समय, खान योग्य कसरी बनाउने र गुन्द्रुकबाट बन्न सक्ने परिकार, अचार र केचप बनाउने तरिका बारे जानकारी दिइएको उनले बताए ।

उत्पादित तरकारीहरूको भण्डारणमा १५ देखी २० प्रतिशत नोक्सानी हुने भएको देखिएकाले तरकारी कटानी पछिको व्यवस्थापन र मूल्य अभिवृद्धिका लागी दुई दिने तालिममा कृषक समूहका महिला सदस्यलाई गुन्द्रुक बनाउने तालिम लगायतको सिप दिन थालिएको परियोजनाका कृषि अधिकृत प्रबिन बस्यालले जानकारी दिए ।

सही भण्डारणको अभावमा बिग्रिन सक्ने मुला, साग, काउलीबाट गुन्द्रुक, टमाटरबाट केचप, अन्य तरकारीबाट अचार बनाउन र सोको बजारीकरणको सिप समेत दिइने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?