© २०२३
बुटवल, ५ मंसिर ।
बुटवलमा जारी जिल्ला स्तरीय एन्फा यु–१४ अन्तर विद्यालय (छात्र÷छात्रा) फुटबल प्रतियोगितामा छात्रतर्फको अन्तिम चारको समिकरण पुरा भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को सहयोग, रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगितामा समुह ’क’ बाट स्कलर्स होम स्कुल, न्यु होराइजन, नविन मा.वि र ग्रिन प्लान्ट बोर्डिंङ स्कुल अन्तिम चारमा प्रवेश गरेको हो ।
प्रतियोगिताको पहिलो सेमीफाईनलमा स्कलर्स होमले समुह ’ख’ को बिजेता न्यु होराइजनसंग खेल्ने भएको छ । यसैगरि नविन मा.विले ग्रिन प्लान्ट बोर्डिंगसंग प्रतियोगिताको दोश्रो सेमी फाईनल खेल खेल्ने छ ।
धेरै बिद्यालयहरुले उमेर हद बिपरित खेलाडी समावेश गराउदा समुह चरणको धेरै खेलमा प्रोटेस्ट लागेको आयोजकले बताए ।
खेल जितेर सेमीफाईनल पुगेका केही बिद्यालयलाई कार्यवाही स्वरुप प्रतियोगिताबाट बाहिर गरेको छ । शनिवार छात्र तर्फको दुवै सेमी–फाईनल खेल हुनेछ । मंसिर ७ गते प्रतियोगिताको दुवै फाईनल खेल एन्फा टेक्निकल सेन्टर, देबिनगर बुटवलमा हुनेछ ।