© २०२३
काठमान्डौ, ५ मंसिर ।
नेकपा एमालेले ‘नेशनल भोलिन्टियर फोर्स (एनभीएफ)’ को केन्द्रीय कमान्ड औपचारिक रूपमा घोषणा गरेको छ । माइतीघर मण्डलामा आयोजित कार्यक्रममा एमाले जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले ११ सदस्यीय कमान्ड सार्वजनिक गरेका हुन् ।
घोषित संरचना अनुसार पुष्पराज श्रेष्ठ फोर्सका प्रमुख कमान्डर नियुक्त भएका छन् । त्यस्तै, फोर्समा दुई जना सह–कमान्डर रहने व्यवस्था गरिएको छ ।
कमान्डरका सदस्यहरूमा केशव रोका, लव अधिकारी यादव, जयराम लामा, विदुर शर्मा, सागर भट्ट, सञ्जीव धिताल, विनिता काफ्ले लगायत समावेश छन् ।