Butwal Today

नेपाल विशेष सेवा ऐन २०४२ संशोधन गर्न अध्यादेश जारी

५ मंसिर २०८२, शुक्रबार
अ+
अ-

 काठमाडौं, ५ मंसिर ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवा ऐन २०४२लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन् । राष्ट्रपति कार्यालयका अनुसार नेपाल विशेष सेवा ऐन दोस्रो संशोधन अध्यादेश, २०८२ जारी भएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश जारी गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेको थियो । सोही अनुसार, ‘नेपाल विशेष सेवा ऐन २०४२ लाई संशोधन गर्न बनेको अध्यादेश’ राष्ट्रपति पौडेलले जारी गरेका हुन् ।

यस अध्यादेशअन्तर्गत प्रधानमन्त्री कार्यालय मातहत रहेको राष्ट्रिय अनुसन्धान विभाग (राअवि) लाई गृह मन्त्रालय मातहत ल्याउने निर्णय गरिएको छ ।

यसअघि सरकारले राअविका साथै राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभागलाई पूर्ववर्ती अवस्थामै फर्काउने निर्णय गरेको थियो । अन्य विभागहरू पूर्ववर्ती रूपमा फर्किए पनि कानुनी अड्चनका कारण राअवि भने प्रधानमन्त्री कार्यालय मातहत नै रहन्थ्यो ।