Butwal Today

लाइसेन्स विवरणको जानकारी अब फेसबुकबाटै

५ मंसिर २०८२, शुक्रबार
अ+
अ-

काठमान्डौ, ५ मंसिर ।

यातायात व्यवस्था विभागले छपाइ सम्पन्न भई वितरणका लागि तयार भएका सवारी चालक अनुमतिपत्र (लाइसेन्स)  का विवरण अब फेसबुकमार्फत सार्वजनिक गर्ने निर्णय गरेको छ ।

विभागले बुधबार सूचना जारी गर्दै सुरक्षा मुद्रण केन्द्रबाट छपाइ समाप्त भई विभागमा प्राप्त भएका लाइसेन्सहरूको नामावली विभागको आधिकारिक फेसबुक पेज ‘हेल्लो यातायात व्यवस्था विभाग’ मा प्रकाशित गरिने जनाएको छ ।

यसअघि उक्त विवरण प्रणालीमार्फत सेवाग्राहीलाई सन्देश पठाई ७२ घण्टाभित्र लाइसेन्स लिन आउन सूचित गरिने प्रबन्ध थियो । अब भने फेसबुकमा नाम समावेश भएसँगै सेवाग्राहीले सक्कल राजस्व रसिद र पुरानो सवारी चालक अनुमतिपत्र लिएर विभागमा उपस्थित हुन अनुरोध गरिएको छ ।