© २०२३
काठमाडौँ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीको कार्यशैलीमाथि प्रश्न उठाएका छन् ।
नेसनल भोलेन्टियर फोर्सको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले वर्तमान सरकार असंवैधानिक बाटोबाट बनेको भन्दै कटाक्ष गरेका हुन् ।
अध्यक्ष ओलीले भने, ‘संविधानसम्मत तपाईं प्रधानमन्त्री बन्नु भएको हैन । असंवैधानिक बाटोबाटै बन्नु भएको हो । प्रतिनिधिसभाको पुनर्स्थापना हुनुपर्छ । जेनजीका भनिएका माग पनि पूरा गर्न सकिन्छ, लोकतान्त्रिक बाटोमा ल्याउन सकिन्छ ।’
उनी थप्छन्, ‘यस्तो भन्न पाइँदैन रे ? लोकतन्त्र भन्न पाइँदैन रे ? तपाईं त राणा शासन भन्दा कडा निस्किनु भयो त बा ! मोहन शमशेरले पनि लोकतन्त्रका लागि सम्झौता गरेका थिए । संविधान मास्न दिँदैन । लोकतन्त्र फर्काइन्छ ।’