ट्रेंडिंग:

>> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित)  >> ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी >> श्री पालु सिद्ध प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना >> एमाले महाधिवेशन : उद्घाटन सत्रमा १० हजार स्वयंसेवक खटाइने >> आज पनि घट्यो सुनचाँदीको मूल्य >> सामाजिक सञ्जाललाई माध्यम बनाएर यौन दुर्व्यवहार बढ्दै >> महिला टी-२० विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा >> शेरबहादुर तामाङ केपी ओली टिमबाट उपमहासचिवमा उठ्ने >> काठमाडौंले पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै >> सरकारी कार्यालयमा प्रदेशकै काठ प्रयोग गर्ने लुम्बिनी प्रदेश सरकारको नीति  >> यसवर्षको हिउँदमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण >> बहालमा रहेका जनप्रतिनिधिलाई आगामी निर्वाचनमा कांग्रेसले उम्मेदवार नबनाउने >> दुर्गा प्रसाईं भन्छन् : राजसंस्था र प्रदेशबारे जनमत संग्रह गरौँ

सरकार जनताको भावना बुझेर काम गर

५ मंसिर २०८२, शुक्रबार
५ मंसिर २०८२, शुक्रबार

लोकतन्त्र स्थापना पश्चात् वनेका आजसम्मका कुनैपनि सरकारले नेपाली जनताको आन्तरिक इच्छालाई मनन गरेर काम गरेनन् ।

हरेक सरकारका हरेक मन्त्रीहरूलाई जनचाहनासित कुनै चासो रहेन । मन्त्री तथा प्रधानमन्त्रीको पदभार ग्रहण गरेपछि आ–आफ्ना दायित्व निर्वाह गर्नुपर्छ भन्ने सवालमा सवै चुके ।

ढाँटेर, छलेर जनतालाई गुमराहमा पारी आ– आफ्ना घैला भर्नेमा मात्र उनीहरूको ध्याउन्न रहेकोले देश र जनताका समस्याहरू सदाकाल ज्यूको रहेका हुन् । जनताको आकांक्षा, आवश्यकता तथा समयको माग अनुसार इमान्दारिता साथ काँगे्रस, एमाले र माओवादीहरूले निष्ठापूर्वक काम गरेर देशलाई विकासको बाटो हिँडाल्ने छन् ।

नेपाली सबै प्रकारका शोषणहरूबाट पूर्णरूपमा मुक्त हुनेछन् । जनता सुखी हुनेछन् । समृद्धशाली वस्ने छन् । वीपी, पुष्पलाल, गणेशमान, कृष्णप्रसाद भट्टराई, मदन भण्डारी लगायतका स्वप्नद्रष्टाहरूले देखाएको मार्गको अनुसरण गरी नेताहरूले देशलाई गतिशील तथा लोकतन्त्रिक परिपाटीबाट बनाउनेछन र समृद्ध नेपाल सुखी नेपालीको परिकल्पना साकार वन्ने छ भन्ने जुनविश्वास जनतामा थियो, त्यसमाथि तुषारापात भयो ।

बैरीहरूले धोका दिए । जनतालाई भीषण अभाव, दरिद्रता, भोक, रोग र शोकका थाङनामा सुताएर नेताहरूले, मन्त्रीहरू र उच्च पदस्थ अधिकारीहरू स्वर्गको सुख ऐश्वर्य भोगिरहे । विकासको मुख्य लक्ष्य आम नेपाली सर्वसाधारण जनताका आधारभूत आवश्यकताहरू प्हिचान गरी त्यसको सम्पतिका निम्ति कामगर्ने चासो कहिल्यै जागेन ।

बरु लूट् कान्छा लूट अरू देशमा पाइदैन, नेपाल मै छ छुट भन्ने गीत नै चरितार्थ भयो । भ्याउनसम्म भ्याए, लुट्न सम्म लुटे । ठग्न सम्म ठगे । यसै पृष्ठभूमिमा जेन्जी विद्रोह उठेको हो ।

अझैपनि जेन्जी विद्रोहले देखाएको बाटोलाई शिक्षा र कटु अनुभवको रूपमा लिइदैन भने यस पछि निम्तिने झनै भयावह परिस्थितिले कस कसलाई कहाँ कहाँ पु¥याउने हो भन्न सकिन्न । त्यसैले गम्भीर वनेर काम गर सरकार, होस गर । गरीव र अभावग्रस्त जनताको पक्षमा तत्कालै राहत पुग्ने गरी काम थालियोस् ।

भ्रष्टाचार, घुसखोरी, चोरी, डकैती समाजमा झन वढ्न थालेका छन् । हिंसाका वारदातहरू वढेकोवढ्यै छन् । पुलिस निरीह छ । अपराधीका स्वरहरू झन चर्का छन् । जेलबाट भागेका कैदीहरू र जेनजी आन्दोलनका नाममा पुलिससित लुटिएका हतियारहरूको अन्तर सम्वन्ध कायमै छ । सरकारले पूर्णरूपमा नियन्त्रणमा लिन सकेको छैन ।

के उद्योग, के व्यापार, के जागीर सबै कुराहरूमा नागरिकले अनिश्चितता बेहोरिरहेका छन् । प्राइभेट अस्पतालका नर्सहरूले सरकारी सरहको तलव तथा सुविधा चाहियो भनिरहेका छन् । निजी विद्यालयका शिक्षक शिक्षिकाहरू त्यसै भन्छन् ।

तरकारी तथा फलफूलमा अत्याधी विषादीको प्रयोगले तरकारी तथा फलफूलहरू खानै नसकिने वनेका छन् । सरोकारवाला निकायको निगरानी छैन । तरकारी तथा फलफूलको मूल्यवृद्धि उस्तै छ । किसानसित सस्तोमा किनी विचौलियाहरूले कैयौ गुणा महँगो वनाएर वेच्दापनि सम्वन्धित निकायलाई थाहा नभएको हो किचासो नदिइएको हो र यत्रतत्र सवैत्र खैलाबैला छ ।

देशवासीहरूमाथि थोपरिएको यो अराजक चरित्र कहिले वन्द हुन्छ र जनताले कहिले देखि शान्ति पाउँछन् ? अवस्था चिन्ताजनक छ । केपी ओली सरकारमा छँदा पनि सास्ती प्रचण्ड, माधव, शेरवहादुर छदाँ पनि सास्ती नै थियो ।

र, अहिले सुशीला कार्की प्रधानमन्त्री वनेपछि पनि उस्तै सास्ती वेहोर्नु पर्ने हो कि कसो हो ? यसरी भएन सरकार राम्रो काम गर । समयको माग र इतिहासले अपेक्षा गरे अनुरूप काम हुनुप¥यो । खोक्रा नाराले हुँदैन । जनताको चाहना र आवाजलाई अटेर गर्नु आफ्नै निम्ति घातक हुने छ ।

कुनै व्यक्तिका समूहको सत्ता जोगाउनु भन्दा राष्ट्रको भविष्य जोगाउने प्रश्न वढी महत्वपूर्ण हुन्छ । बुझेर काम गर सरकार । तस्करहरूले, माफियाहरूले राष्ट्रको अर्थ व्यवस्था र देशको समाजिक जीवनलाई नै अस्तव्यस्त पारिरहेका छन् ।

ठूला ठूला नेताहरू कोही सुन तस्करीमा, कोही अरू अरू दुई नम्बरी धन्दामा संलग्न छन् । लिप्तछन् । कोही समातिएपनि कोही वाहिर वसेर सरकारलाई चुनौती दिदै आफ्ना धन्दा चलाइरहेका छन् । आग्रह पूर्वाग्रह नराखेर काम गर सरकार । मेरो मान्छे र उसको मान्छे भनेर पक्षपात नगर ।

मन्त्रीहरूको सम्पत्ति विवरण किन वाहिर आउदैन ? छिटो भन्दा छिटो सबै मन्त्रीहरूको सम्पत्ति विवरण वाहिर आओस् । श्रोत नखुलेको सम्पत्ति राष्ट्रियकरण होस भन्ने जुन जनचाहना छ, त्यसलाई पूरा गर्नेतर्फ सरकारको ध्यान जाओस् ।

विगतका सरकारहरूले छाडेर गएर अभूतपूर्व राष्ट्रिय वर्वादीहरूलाई सच्चाएर ठाउँमा ल्याउन सानो प्रयासबाट सम्भव छैन । दरो प्रयास गर । यो राष्ट्रिय वर्वादीलाई सच्चाउन आम जनताका सुझावलाई सुनेर मनन गरेर मन वचन र कर्मले तल्लीन भएर लाग्ने हो भने नसक्ने केही कुरा छैन ।

राम्रा काममा सधै जनताको साथ रहन्छ । देशका प्रबुद्ध नागरिकहरूको आन्तरिक इच्छाले चिताएको कुरा बुझेर काम गर । देशका मजदुर, किसान, राष्ट्रिय पुँजीपति, इमान्दार व्यापारी वर्ग, विद्यार्थी, शिक्षक, महिला, डाक्टर, वकिल, अध्यापक, प्राध्यापक, सुचीकार, कुचीकार सवै जनसमुदायका भावनाहरू पवित्र छन् । सरकारले इमान्दारितापूर्वक काम गर्ने प्रण गरेमा सरकारलाई सवैको साथ रहने छ ।

विगतका सरकारहरूले गरेका अमानवीय र अलोकतान्त्रिक कृयाकलापले गर्दा जनता अहिले धेरै निराश छन । जनताको मनमा आशा जगाउन सफल हुने नहुने सवालमा यो सरकारको निम्ति अहिलेको समय भनेको अग्नी परिक्षाको घडी हो ।

यो परीक्षामा सरकार उत्तीर्ण हुनैपर्छ । वर्तमान सरकार पनि पूर्ववर्ती सरकारहरू जस्तै असफल सावित भयो भने देशमा लोकतन्त्रका कुरा असफल सिद्ध हुने मात्र होइन, नेपाल राष्ट्र र नेपाली राष्ट्रिययता नै समाप्त हुने खतराको वादलहरू नेपाली आकासमा अहिले मडारिरहेको छ । त्यसर्थ जनमतलाई अल्मलाउनु र फोस्रा नारा दिएर अव काम छैन ।

आम नेपालीको मनोभाव बुझी ठोस कदम चालिनुपर्दछ । त्यसका लागि जेनजी आन्दोलनको मर्म र भावनाको प्रतिनिधित्व हुने गरि अघि बढन सरकार तयार होस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?