© २०२३
काठमाडौँ ।
सुनको मूल्य आज घटेको छ । बिहीबार तोलामा ७ सय र बुधबार २ हजार ८ सय रुपैयाँले बढेको सुन आज तोलामा १ हजार ३ सय रुपैयाँले घटेको हो । मूल्य घटेसँगै सुन तोलाको २ लाख ४१ हजार ७ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो सुन तोलाको २ लाख ४३ हजार रुपैयाँमा किनबेच भएको थियो । यसअघि, आइतबार सुनको मूल्य तोलामा ६ हजार ९ सय रुपैयाँले घटेको थियो । गएको असोज ३१ गते सुनको मूल्य तोलाको २ लाख ५८ हजार ८ सय रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै सबैभन्दा उच्च मूल्य हो ।
आज चाँदीको मूल्य पनि घटेको छ । हिजो तोलामा ३ हजार १ सय ८५ रुपैयाँ पुगेको चाँदी आज ३ हजार १ सय रुपैयाँमा झरेको महासंघले जनाएको छ ।