Butwal Today

दिब्यज्योति क्याम्पसलाई १० लाख बराबरको सामाग्री उपलब्ध 

५ मंसिर २०८२, शुक्रबार
अ+
अ-

नवलपरासी,पश्चिम्  ।

विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको सिकाइ वातावरण सुदृढ बनाउने उद्देश्यले महत्त्वपूर्ण शैक्षिक फर्निचर सामग्री हस्तान्तरण गरेको छ ।

आयोगले क्याम्पसलाई १० लाख रुपैयाँ बराबरका सामग्री उपलब्ध गराउँदै विद्यार्थीमैत्री कक्षा–कक्षाको विकासमा सहयोग प्रदान गरेको हो । आयोगले १५६ थान  कुर्सी,४५ थान डेस्क,१ थान दराज,१ थान अफिस टेबल र १ थान चेयर गरी १० लाख मूल्य बराबरको सामाग्री उपलब्ध गराएको क्याम्पस प्रमुख सागर पाण्डेले जानकारी दिए ।

यी सामग्रीहरू वितरणसँगै कक्षाकोठा थप व्यवस्थित, आरामदायी र अध्यापन–अधिगमका लागि उपयुक्त वातावरण बन्ने क्याम्पस प्रशासनले जनाएको छ । विद्यार्थीहरूको चाप बढ्दै गएको अवस्थालाई ध्यानमा राख्दै समयानुकूल संरचना तथा सुविधाको विस्तार गर्न यूजीसीको सहयोग महत्त्वपूर्ण भएको क्याम्पस प्रमुख पाण्डेले बताए ।

क्याम्पसले प्रदान गरिएको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै थप शैक्षिक सामग्री र पूर्वाधार विकासमा निरन्तर सहकार्य हुने अपेक्षा व्यक्त गरेको छ । आयोगले पाल्ही बहुमुखी क्याम्पसका लागि समेत फर्निचर उपलब्ध गराएको छ ।