© २०२३
काठमाडौँ ।
बंगालको खाडीमा ठूलो समुद्री आँधी आउन सक्ने चेतावनी दिइएको छ । भारतीय मौसम विभागका अनुसार अण्डमान र निकोबार टापुहरूमा भारी वर्षा र तीव्र हावाहुरीको सम्भावना रहेको छ ।
मौसमविद्हरूले यो प्रणाली आजदेखि तीव्र गतिमा अघि बढ्ने अनुमान गरेका छन् । निकोबारका केही क्षेत्रमा ७ देखि २० सेन्टीमिटर र अण्डमानमा ७ देखि ११ सेन्टीमिटर वर्षा हुन सक्ने जनाइएको छ ।
त्यसैगरी त्यस क्षेत्रमा ४० देखि ५० किलोमिटर प्रति घन्टासम्मको हावाहुरीसहित चट्याङ पर्ने जोखिम रहेको चेतावनी दिइएको छ । माछापालकहरूलाई आगामी दुई–तीन दिन समुद्रमा नजान र स्थानीय बासिन्दालाई बिना आवश्यक यात्रा नगर्न अनुरोध गरिएको उल्लेख छ ।