Butwal Today

७७ वर्षीय वृद्धको घाँटीमा अड्किएको खसीको हड्डी अप्रेसन गरेर निकालियो

५ मंसिर २०८२, शुक्रबार
अ+
अ-
लमही , ४ मंसिर ।
दाङको घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा नाक,कान,घाटिका बिरामिहरुको सफलतापुर्बक अप्रेसन गर्न सुरु गरिएको छ ।
यसैक्रममा रोल्पा थबाङ ४ घर भएका एक जना बिरामीको करिब तीन दिन देखि घाटिमा अड्किएको खसिको हड्डि अप्रेसन गरेर सफलतापुर्बक निकालिएको हो । ७७ बर्षिय रुपधन घर्ति घाटिमा हड्डि अड्किएपछि प्रतिष्ठानमा उपचारका लागि भर्ना भएका थिए ।
चिकित्सक, नर्स,.स्वास्थ्यकर्मिले मेहनत गरेर घाटिमा अड्किएको हड्डि अप्रेसन गरेर निकालेका थिए ।  प्रतिष्ठानका नाक, कान, घाटि रोग विशेषज्ञ सर्जन, प्रोफेसर डा. दिपेन्द्र गौतमको नेतृत्वमा रहेको नाक,कान, घाटि रोग विशेषज्ञ डा. एलिना आचार्य, एनेस्थेसियोलोजीष्ट डा. बिभेष मण्डल, नर्स मिना बिश्वकर्मासहितको चिकित्सक, नर्स, स्वास्थ्यकर्मिको टाेलिले बिरामीको सफलतापुर्बक अप्रेसन गरेको थियो ।
बिरामीको अबस्था सामान्य रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन ।इन्डोस्कोपिक विधिद्वारा उक्त हड्डीलाई सफलतापूर्वक निकालिएको उपचारमा संलग्न चिकित्सक प्राडा दिपेन्द्र गौतमले बताए ।