© २०२३
काठमान्डौ, ४ मंसिर ।
नेकपा एमालेको सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ । केहीबेरअघि प्रारम्भ भएको बैठकले आगामी महाधिवेशनसम्बन्धी प्रमुख निर्णयहरू गर्ने भएको छ ।
केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार महाधिवेशनका तयारीका लागि आवश्यक उपसमितिहरू गठन गर्ने तथा अन्य तयारीसम्बन्धी निर्णयहरू बैठकको एजेन्डामा छन् । उनले भने, ‘महाधिवेशनको तयारी तीव्र बनाउने विषयमा सचिवालय आज महत्वपूर्ण निर्णय लिन्छ ।’
जेनजी आन्दोलनका क्रममा जलेको पार्टी कार्यालय मर्मतसहित पुनः सञ्चालनमा आएपछि च्यासलमा बसेको यो सचिवालयको पहिलो बैठक हो । अहिले च्यासलस्थित कार्यालय आंशिक रूपमा सञ्चालनमा आएको गौतमले बताए ।
उनका अनुसार, संगठन विभाग र संसदीय दलका बैठकहरू यसअघि नै बसेका भए पनि सचिवालय बैठक भने च्यासलमा पहिलोपटक बसेको हो ।