© २०२३
पाल्पा ४ मङ्सिर ।
पाल्पाको रैनादेवी छहरा–३ भुवनपोखरीमा ट्याक्टर दुर्घटना भएको छ । दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
पराल बोकेको ट्याक्टर बुधबार बेलुकी साढे ५ बजेतिर दुर्घटना हुँदा स्थानीय ६५ वर्षीय मानबहादुर गाहाको मृत्यु भएको स्थानीय बासिन्दाले बताएका छन् ।
भुवनपोखरीको दमारखोलाबाट पराल बोकेर डाँडा गाउँ जाने क्रममा लु ३ त ३३२ नम्बरको ट्याक्टर दुर्घटना भएको रैनादेवी छहरा–३, का वडा अध्यक्ष प्रदीप पौडेलले बताए ।
दुर्घटना परेको ट्याक्टरका चालक मीन बहादुर बुढाथोकी भने सकुशल रहेका छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।