ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

सर्वोच्चमा ओलीको जवाफ- सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेर राष्ट्रपतिले संविधान उल्लंघन गरे

४ मंसिर २०८२, बिहीबार
४ मंसिर २०८२, बिहीबार

काठमान्डौ, ४ मंसिर ।

निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सिफारिसविना नै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेर राष्ट्रपति रामचन्द्र पौडेलले संविधान उल्लंघन गरेका आरोप लगाएका छन् ।

प्रतिनिधि सभा विघटनविरुद्ध दायर रिट निवेदनहरूसम्बन्धी लिखित जवाफ सर्वोच्च अदालतमा बुझाउँदै ओलीले संवैधानिक प्रक्रिया अघि बढाउन आफूले प्रधानमन्त्री पदबाट राजीनामा दिएको भए पनि राष्ट्रपतिबाट गैरसंवैधानिक कदम चालिएको दाबी गरेका छन् ।

भदौ २३ र २४ मा मुलुक अराजक र असामान्य अवस्थामा पुगेको दाबी गर्दै ओलीले त्यसलाई सामान्य बनाउने तथा संवैधानिक प्रक्रियाअनुसार नयाँ सरकार गठनको बाटो खोल्ने उद्देश्यले राजीनामा दिएको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘मेरो राजीनामापछि संविधानको धारा ७६ अनुसार नयाँ सरकार गठनका लागि आह्वान नगरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्नु संविधानको ठाडो उल्लंघन हो ।’

प्रतिनिधि सभा विघटनसम्बन्धी झण्डै डेढ दर्जन रिटमध्ये तीनवटामा विपक्षी बनाइएका ओलीले आफ्नो लिखित जवाफमा अहिलेको सरकार गठन नै असंवैधानिक रहेको दाबी गरेका छन् ।

प्रतिनिधि सभामा बहुमत सिद्ध गर्नसक्ने व्यक्तिलाई मात्र प्रधानमन्त्री नियुक्त गर्न पाइने संवैधानिक प्रावधान रहेको उल्लेख गर्दै उनले कार्कीलाई नियुक्त गर्न नमिल्ने तर्क गरेका छन् ।

ओलीले लेखेका छन्— ‘सुशीला कार्कीलाई कुनै व्यवस्थाअनुसार प्रधानमन्त्री नियुक्त गरिएको देखिँदैन । सपथ ग्रहणको धारा उल्लेख भयो भन्दैमा नियुक्ति वैध हुँदैन । मैले उनलाई नियुक्त गर्ने सिफारिस वा सहमति कुनै पनि अवस्थामा दिएको छैन ।’

उनले आफू त्यतिबेला ‘कमचलाऊ प्रधानमन्त्री’ मात्र रहेको भन्दै कार्कीको नियुक्तिसम्बन्धी सिफारिस आफूबाट भएको भन्ने दाबी तथ्यहीन भएको बताए ।

भदौ २४ को असामान्य अवस्थापछि उचित संवैधानिक निकासका लागि राष्ट्रपति कार्यालयलाई आवश्यक कदम चाल्न सिफारिस गरेको दाबी गर्दै ओलीले कार्कीको नियुक्ति आफूले सिफारिस गरेको भनाइ नै गलत भएको उल्लेख गरेका छन् ।

संविधानको धारा १३२ (२)  अनुसार सर्वोच्च अदालतका प्रधानमन्त्री वा न्यायाधीश भइसकेको व्यक्तिलाई कार्यकारी पदमा नियुक्त गर्न नपाइने प्रावधान रहेको उल्लेख गर्दै २०७३/७४ की प्रधानन्यायाधीश कार्कीको नियुक्ति नै असंवैधानिक हुने तर्क ओलीले पेश गरेका छन् ।

उनले अदालतलाई प्रभावित पार्ने उद्देश्यले कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको आरोप पनि लगाएका छन् ।

ओलीले भनेका छन्— ‘न्यायालय स्वतन्त्र र निष्पक्ष रहोस् भनेर गरिएको संवैधानिक व्यवस्था नै उल्लंघन गरिएको छ । न्यायालयलाई प्रलोभनमा पार्ने र निर्देशित बनाउने प्रयास यस कृत्यमा अन्तरनिहित देखिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?