Butwal Today

सिमरा अपडेट : प्रदर्शन नियन्त्रणका लागि ४ राउन्ड अश्रु ग्यास, २ हवाई फायर

४ मंसिर २०८२, बिहीबार
अ+
अ-

काठमाडौं, ४ मंसिर ।

बाराको सिमरामा उत्पन्न तनावलाई नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड अश्रु ग्यास प्रहार र दुई राउन्ड हवाई फायर गरेको छ ।

कर्फ्युको अवज्ञा गर्दै जेनजी प्रदर्शनकारी सडकमा उत्रिएपछि स्थिति नियन्त्रणमा लिन बाराले अश्रु ग्यास प्रहार गरेको हो । त्यस्तै, दुई राउन्ड हवाई फायर भएको बाराका प्रहरी प्रमुख सन्तोष तामाङले जानकारी दिए ।

प्रदर्शन नियन्त्रण गर्ने क्रममा एक डीएसपी, एक इन्स्पेक्टर, एक असई र एक हवल्दार गरी चार जना प्रहरी घाइते भएका छन् ।

बुधबार जेनजी युवाले आक्रमण गर्ने व्यक्तिलाई पक्राउ गर्न दबाब दिइरहेका छन् । प्रहरीले हाल दुई जना वडाध्यक्षलाई पक्राउ गरेको छ ।