Butwal Today

प्रधानमन्त्री कार्कीले बोलाइन् सुरक्षा परिषद् बैठक

४ मंसिर २०८२, बिहीबार
अ+
अ-

काठमान्डौ, ४ मंसिर ।

प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक आह्वान गरेकी छन् ।

बिहीबार दिउँसो साढे २ बजे सिंहदरबारस्थित सुरक्षा परिषद् सचिवालयमा बैठक बस्ने तयारी गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बाराको सिमरामा उत्पन्न भइरहेको सुरक्षा परिस्थितिबारे समग्र मूल्यांकन तथा आवश्यक कदमबारे छलफल गर्न बैठक बोलाइएको बताइएको छ ।

यसअघि बुधबार साँझ पनि गृह मन्त्रालयमा सुरक्षा निकायका प्रतिनिधिहरू सहभागी रहनेगरी सुरक्षा परिषद्को बैठक बसेको थियो ।