ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

विषादी परीक्षण गर्ने व्यवस्था मिलाइदिन हाट बजार व्यवसायी सङ्घको माग

४ मंसिर २०८२, बिहीबार
४ मंसिर २०८२, बिहीबार

नवलपरासी,पश्चिम् ।

नवलपरासी जिल्लाभित्रका साप्ताहिक हाटबजार मा बिक्री वितरण हुने तरकारी, फलफूल तथा अन्य खाद्य सामग्रीहरूमा विविध प्रकारका विषादी  (केमिकल) प्रयोग भइरहेको गम्भीर अवस्था देखिएको भन्दै साप्ताहिक हाट बजार व्यवसायी सङ्घ, नवलपरासीले औपचारिक रूपमा गुणस्तर परीक्षणको व्यवस्था मिलाइदिन जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको छ ।

सङ्घले प्रमुख जिल्ला अधिकारीलाई बुझाएको ज्ञापन पत्रमा तरकारी तथा फलफूलमा अनियन्त्रित र अत्यधिक विपाणि प्रयोगका कारण उपभोक्ताको स्वास्थ्य जोखिम बढ्दै गएको उल्लेख गरिएको छ। पत्रमा भनिएको छ— “यस्ता विषादी प्रयोगले क्यान्सर, पेटका रोग, छाला रोग, आँखा दुख्ने, कलेजो तथा मुटु सम्बन्धी जटिल समस्या देखिने खतरा हुन्छ ।”

सङ्घका अनुसार हाटबजारमा बिक्री वितरण हुने तरकारी तथा फलफूलमध्ये धेरै प्रतिशतमा विषादीको मात्रा स्वीकृत सीमाभन्दा धेरै माथि रहेको उपभोक्ताबाट गुनासो आइरहेको छ । तरकारीमा प्रयोग हुने रासायनिक पदार्थ धुने, भिजाउने तथा पकाउने क्रममा पनि नहट्ने भएकाले स्वास्थ्य जोखिम अझ बढ्ने सङ्घले उल्लेख गरेको छ।

झन्डै १ सय भन्दा बढी प्रकारका विषादात्मक रासायनिक पदार्थहरू तरकारी तथा फलफूलमा प्रयोग भइरहेको पाइन्छ । यस्तो विषादीले मानिसको शरीरमा दीर्घकालीन असर पार्छ।” सङ्घले विषादीको सर्वेक्षण, निगरानी र तत्काल गुणस्तर परीक्षणको व्यवस्था गर्न सम्बद्ध निकायसँग माग गरिएको सङ्घका अध्यक्ष सागर विकले बताए ।

ज्ञापन पत्रमा स्थानीय तहहरू बर्दघाट, रामग्राम, सुनवल नगरपालिका तथा प्रतापपुर, सरावल, सुस्ता र पाल्हीनन्दन गाउँपालिकालाई पनि यस्ता विपदात्मक प्रयोगको रोकथाम तथा परीक्षण प्रक्रियामा सहयोग गर्न अनुरोध गरिएको छ ।

हाट बजार व्यवसायी सङ्घले उपभोक्ताको स्वास्थ्य सुरक्षा, बजारमा गुणस्तरीय तरकारी सहज उपलब्धता तथा खाद्य सुरक्षाको सुनिश्चितताका लागि चाँडै प्रभावकारी कदम चालिनुपर्नेमा जोड दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?