© 2026
बुटवल, ४ मंसिर ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि रुपन्देही–३ मा लेखजंग थापालाई नै उम्मेदवार बनाउने निर्णय गरेको छ ।
उपनिर्वाचनका लागि उम्मेदवारका रूपमा चयन भएका थापालाई आगामी निर्वाचनमा पनि यथावत् राख्ने निर्णय पार्टीले गरेको हो ।
जेनजी आन्दोलनपछि प्रतिनिधि सभा विघटन भई निर्वाचन घोषणा भएपछि रुपन्देही–३ को उपनिर्वाचन स्वतः खारेज भएको थियो । उपनिर्वाचनका लागि रास्वपाले नौ आकांक्षीमध्येबाट थापालाई छनोट गरेको थियो ।