© २०२३
काठमान्डौ, ४ मंसिर ।
बाराको सिमरामा आज पनि प्रदर्शन जारी रहेको छ ।
नेकपा एमालेका नेता–कार्यकर्ता र ‘जेनजी’ युवाबीच बुधबार उत्पन्न भएको विवादका कारण तनावग्रस्त बनेको सिमरामा दोस्रो दिन बिहीबार पनि विरोध प्रदर्शन भएको हो ।
बुधबार दिनभर तनाव बाक्लिएपछि जिल्ला प्रशासन कार्यालय, बाराले कर्फ्यू आदेश जारी गरेको थियो। बेलुकीपछिबाट स्थिति सामान्य बनेको प्रशासनले जनाएको थियो ।
तर, आज बिहीबार बिहान १० बजेदेखि जेनजी समूहका युवाहरू सिमरा चोकमा टायर जलाएर प्रदर्शन गरिरहेका छन् । आफूहरूमाथि कुटपिट गरेको आरोपमा एमालेका नेता–कार्यकर्तालाई पक्राउ गर्नुपर्ने मागसहित उनीहरूले विरोध जारी राखेका छन् ।