© 2026
सल्यान, ४ मङ्सिर ।
दीर्घ रोगबाट पीडित दुई जना व्यापारीलाई सल्यान उद्योग वाणिज्य सङ्घले उपचार खर्च वितरण गरेको छ ।
प्रति व्यक्ती २५ हजार रुपियाँको दरले शारदा नगरपालिका वडा नम्बर, १५ निवासी केशर वली र कपुरकोट गाउँपालिका वडा नम्बर, ५ निवासी शिवराज कामीलाई उपचार खर्च बापतको आर्थिक सहायता उपलब्ध गराइएको हो ।
केशरले हाल सिद्वकुमाख, १ मोख्ला बजारमा वली स्टोर सञ्चालन गर्दै आएका छन् भने शिवराजले कपुरकोट, ५ रिममा चम्फा किराना पसल सञ्चालन गर्दै आएका छन् ।
उनीहरूले पसल सञ्चालन गरिरहेकै स्थानमा गएर आर्थिक सहायता उपलब्ध गराइएको सल्यान उद्योग वाणिज्य सङ्घका अध्यक्ष वीरेन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।
दुवै स्थानको रकम हस्तान्तरण कार्यक्रममा सम्बन्धित स्थानीय तहका जनप्रतिनिधि, उद्योग वाणिज्य सङ्घका पदाधिकारी एवं कर्मचारी लगायतको सहभागिता थियो ।