ट्रेंडिंग:

>> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित)  >> ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी >> श्री पालु सिद्ध प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना >> एमाले महाधिवेशन : उद्घाटन सत्रमा १० हजार स्वयंसेवक खटाइने >> आज पनि घट्यो सुनचाँदीको मूल्य >> सामाजिक सञ्जाललाई माध्यम बनाएर यौन दुर्व्यवहार बढ्दै >> महिला टी-२० विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा >> शेरबहादुर तामाङ केपी ओली टिमबाट उपमहासचिवमा उठ्ने >> काठमाडौंले पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै

लहरो तान्दा पहरो गर्जने त होइन ?

३ मंसिर २०८२, बुधबार
३ मंसिर २०८२, बुधबार

रामायणको कथामा सीताहरण गर्नुभन्दा पहिले राम वनावास गएको सयममा जहाँ कुटी बनाएर बसेको थिए, त्यही स्थानमा रामलाई छकाउनका लागि रावणले मारिचलाई सुनौलो मृगको भेषमा पठाएको थियो ।

रामको कुटीकै नजिकमा मारिच मृगको रुपधारण गरेर गयो । त्यतिवेला सीताले पूजाका निम्ति बाटिकामा पुष्पहरु टिप्दै थिइन । सुनौलो मृग देखेपछि सीताले मृगलाई छोपेर आफ्नो कुटीमा ल्याउन रामलाई आग्रह गरिन । रामले आनाकानी गरे तर सीताले अति जिद्दी गरेका कारणले धनुवाण लिएर राम बाटिकामा गए ।

सुनौलो मृग रामलाई छकाउँदै केही टाढा पुग्यो । तर सीताको आग्रहका कारणले उनीले पिछा गर्न छोडेनन् । सीताको जिद्दी देखेर रामले भाई लक्ष्मणलाई सीतालाई छोडेर कतै नजान भनेका थिए तर उता जहाँ रामले सुनौलो मृगलाई वाण हाने मारिचले निकै ठूलो स्वरले लक्ष्मण भनेर आवाज दियो ।

त्यो आवाज कुटीसम्म आइपुग्दा सीताले रामको जस्तो सुनिन् । उनले लक्ष्मणलाई दाजुले बोलाएको खवर दिइन तर लक्ष्मणले पत्याएनन् । सीताले अलिक जोडले दाजुको सहायताको लागि जान दवाव दिइन । लक्ष्मणले त्यो दवाव पनि टेरेनन् । अन्तमा सीताले लक्ष्मणलाई यसरी वाध्य बनाइन ।

उनी दाजुको आज्ञा उल्लंघन गर्न वाध्य भए । लक्ष्मण दाजुको सहायताको लागि जानु भन्दा पहिले कुटीको आँगनमा एउटा घेरा लगाए । त्यही घेरालाई आजसम्म पनि लक्ष्मण रेखा भनिन्छ । त्यो घेरा यति शक्तिको थियो कि जो कसैले पनि घेरा नाघेर अगाडि बढने चेष्टा ग¥यो भने त्यसबाट उ तत्काल भष्म हुन सक्थ्यो ।

लक्ष्मणले सीतालाई घेरा नाघेर बाहिर नआउन आज्ञा दिए । तत्क्षण उनको आँगनमा एउटा सन्यासी आयो र अलख जगायो । सीता भिक्षाका लागि कुटी भित्र पसिन । त्यही समयमा छद्य भेषमा आएको सन्यासीले भित्र जाने प्रयास ग¥यो तर लक्ष्मण रेखाबाट तत्काल आगाको लप्का आयो । उ बाहिर उभियो ।

सीताले कुटीभित्र पसेर भिक्षा ल्याइन । रावण रेखा नाघेर सीताको सामुमा जान सकेन उसले भन्यो– “भिक्षा दिने भए यहीं ल्याएर देउ ।” सीताले मानिनन् । रावणले फेरी भन्यो “यहाँ आएर भिक्षा दिइनौं भने तिमीलाई श्राप दिनेछु ।” श्रापको डरले सीता रेखा नाघेर बाहिर आइन ।

रावणले भिक्षा समाएन, सीताको हात समायो अनि तत्काल कुटीको आँगनबाट बाहिर लगेर विमानमा बसाल्यो । यो रामायणमा रहेको एउटा रोचक कथा हो । रावणले सीतालाई अपहरण गरेर विमानमा बसाल्दासम्म पनि राम र लक्ष्मण दुबै दाज भाई कुटीमा आइपुगेका थिएनन् ।

विमानमा उ पहिले एक्लै थियो । सीता अपहरण गरेर सीतालाई साथै लिएर विमान लङ्कातिर उडायो । विमान ओझेल परेपछि दुबै दाजुभाइ कुटीमा आए । उनीहरु आउँदा रावणले सीतालाई लिएर टाढा पुगिसकेको थियो । लङ्कामा लगेर रावणले सीतालाई आफ्नो दरवारमा लगेन अशोक बाटिकामा लगेर राख्यो ।

यता केही समयपछि दुबै दाजुभाई कुटीमा आइपुगे । कुटी सुनासान थियो । चारैतिर खोजे सीताको कतै पत्तो लागेन । रामले लक्ष्मणलाई सीतालाई एक्लै छोड्नुको कारण सोधे । भाउजुले अति दवाव दिएका कारणले रेखा भित्र बस्न आग्रह गर्दै आफू बाटिकातिर निस्कन वाध्य भएको जानकारी दिए । घटना घटी सक्यो ।

अव बाँकी विलापमात्र थियो । दुबै दाजु भाइ विलाप गर्दै सीताको खोजीमा निस्किए । सितालाई सात समुद्र पार गराएर लङ्का लगिसकेको थियो । कथा आफैमा रोचक छ । यहाँ कुरा दुईवटा मात्र छन् एउटा लक्ष्मण रेखा र अर्को सीताजीको जिद्दी । सीताले सुनौलो मृग छोप्न जिद्दी गर्नु अनि दाजुको सहायताको लागि लक्ष्मणलाई कुटी छोडेर जान जिद्दी गर्नु । सुनौलो मृग छोप्न नपठाएको भएपनि सीतालाई अपहरणमा पर्नु पर्ने थिएन ।

अनि लक्ष्मणरेखा पार गरेर बाहिर नआएको भए पनि उनी सुरक्षित रहन्थिन । यी दुबै कारणले गर्दा सिता रावणको हातमा परिन । अन्तमा रावणले अपहरण गरेर लगेको श्रीमती रामले स्याहारे भन्ने अभियोग लागेर रामले सीतालाई बाल्मिकी आश्रममा लगेर छोडनु प¥यो ।

उनी बाल्मिकी आश्रममा रहँदासम्म सीताको नामले नभएर वनदेवीको नामले चिनिन थालिन । यस्ता लक्ष्मण रेखाहरु जहाँ पनि हुन्छन् । लक्ष्मण रेखा वनवासमा गएको समयमा लक्ष्मणले कोरेको रेखा मात्र नभएर विभिन्न स्थानमा कोरिएका हुन्छन् । त्यो रेखा कसैले देख्छ कसैले देख्दैन ।

जसले देख्छ त्यसले त्यो उलंघन गर्ने चेष्टा गर्दैन । रावणको स्थानमा अरु कोही हुन्थ्यो भने सायद त्यो लक्ष्मण रेखा देख्ने थिएन वा त्यसको वेवास्ता गरेर अगाडि बढने प्रयार गर्ने थियो कि ? रावण राक्षस कुलको थियो तर उसको क्षमता अदभूत भएको वताइन्छ । त्यही क्षमताका कारणले उसले सीतालाई श्राप दिने वहानामा भए पनि त्यो रेखा पार गरेर बाहिर आउन बाध्य बनायो ।

सिधा अर्थमा भन्दा लक्ष्मण रेखा एउटा नियम हो, कानुन हो । लक्ष्मण रेखालाई उल्लंघन गर्दा जुन सजाय मिल्दथ्यो नियम उल्लंघन गर्दा मिल्ने सजाय पनि उस्तै हो । कसैले देखेको छैन भनेर निमय उल्लंघन गरे पनि कतै न कतैबाट त्यो खुल्न जान्छ अनि एकदिन न एकदिन त्यो खुलासा हुन्छ ।

नेपालमा लक्ष्मण रेखाहरु धेरै छन् कतिपयले पहिलेदेखि उल्लंघन गरियो अव के हुन्छ र भन्ने विचारले आफूलाई अराजक बनाउँदै लगे त्यसको परिणाम उनीहरुले मानव तस्करीसम्म गर्न पुगे । सामान्य नागरिक ठग्नु र राज्यको ढुकुटी रित्याउने कुरा समान्य भए । त्यतिले नपुग्ने भएपछि मानव तस्करीमा लागेका हुन् ।

त्यत्तिले पुगेन अनि उनदेखि सुनसम्म ओसार्नेलाई सघाउन लागेका हुन् । आफूले जहाँ जे गरे पनि छुट हुन्छ भन्ने गलत विचारले मनमा लागेका काम कुरा मात्र नभएर बोली वचन समेत अभिव्यक्त गर्न लागेका हुन । दायाँ पनि आफ्नै बायाँ पनि आफ्नै अनि लक्ष्मण रेखा उल्लंघन नगरे के गर्ने त ?

लक्ष्मण रेखाको रेखा अव कोरिन लागेको छ । आफूलाई कानून भन्दा माथिको ठान्नेहरु पनि रेखाको दायरामा पस्न पस्न लागको छन् । दुईचार दिनभित्र लहरो तान्दै गर्दा पहरो गर्जने सम्भावना बढेर आएको छ । लक्ष्मण रेखा उल्लंघन गरेर लङ्काका रावणले अर्काकी श्रीमती सीतालाई अपहरण गर्न पुगेको थियो ।

नेपालका रावणहरुले पनि आफ्नै श्रीमती घरमा हुँदाहुँदै अर्काकी श्रीमती माथी हातपात गर्न पुगेका थिए । लङ्काको रावणले सीता अपहरण गरेका कारणले सबै भाइ छोरासंगै आफूलाई समेत गुमाएको थियो । नेपालका रावणले कम्तिमा जेल जीवन विताउन वाध्य भएका छन् र हुँदैछन् ।

लक्ष्मणरेखा उल्लंघन गरेकै कारणले केही रावणहरुको साँसद पद निलम्वनमा पर्न गएको थियो । कतिले अहिले पनि तारेख बोक्दैछन् र मुद्दा खेप्दैछन् । कतिपय ठाउँमा कोरिएका लक्ष्मण रेखा पुराना भइसकेका छन् अव छिटै नयाँ लक्ष्मणरेखा कोर्नुपर्ने भएको छ ।

अब छिटै नयाँ लक्ष्मण रेखा कोरिने छन् र उल्लंघन गर्नेहरुलाई उनीहरुको अपराधको आधारमा आवश्यक दण्ड आफै मिल्ने छ । लामो प्रतीक्षा पछिको नागरिकको चाहना पूरा हुने छ । आम नागरिक यसकै प्रतीक्षामा रहेका छन् । यो वर्तमान समयको तात्तातो आवश्यकता समेत हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?