© २०२३
काठमाडौँ ।
निर्वाचन आयोगमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्नेको संख्या १७ पुगेको छ । आयोगले दर्ताका लागि आह्वान गरेको पहिलो दिन मंसिर १ गते १२ दल दर्ता भएका थिए ।
दोस्रो दिन हिजो मात्र ५ दलले दर्ता गराएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । दर्ता गराउनेमध्ये अधिकांश नयाँ दल रहेका छन् ।
यस्तै, माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि आयोगमा अहिलेसम्म ४ दलले मात्रै दर्ता गराएका छन् । दर्ता हुने दलहरूमा नेपाल मजदुर किसान पार्टी, बहुजन शक्ति पार्टी, नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टी नेपाल रहेका छन् ।
दल दर्ता प्रमाणपत्रका लागि निवेदन दिएका ३२ मध्ये अहिले ६ दलले मात्र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रमाणपत्र पाउने दलहरूमा श्रम सांस्कृतिक पार्टी, गतिशील लोकतान्त्रिक पार्टी, नेपाली कम्युनिस्ट पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, राष्ट्रिय परिवर्तन पार्टी र नेपाल कम्युनिस्ट पार्टी (माओवादी) रहेका छन् ।
आयोगमा यसअघि नै दर्ता भएका १२४ मध्ये ७ दल खारेज भएपछि हाल १२३ दल सूचीकृत रहेका छन् ।