Butwal Today

सिमरा घटना जेनजी पुस्ताको भावना नभएर दुरुपयोग हो : विश्वप्रकाश शर्मा

३ मंसिर २०८२, बुधबार
अ+
अ-

काठमान्डौ, ३ मंसिर ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बारामा नेकपा एमालेका नेताहरूलाई लक्षित गर्दै निषेधको राजनीतिबाट टाढा रहन बुधबार आह्वान गरेका छन् ।

महामन्त्री शर्माले सिमरामा भएका घटनालाई जेनजी पुस्ताको वास्तविक भावना नभई दुरुपयोग गरिएको पनि औंल्याए । “सामाजिक सञ्जालमा निषेधको विरोधमा उभिने जेनजी कसैको समाज भ्रमण अधिकार विरुद्ध उभिन सक्दैनन्,” उनले एक्समा पोस्ट गर्दै लेखेका छन् । “त्यसैले सिमरा घटना जेनजी भावना होइन, यसको दुरुपयोग हो । निषेधको राजनीति कसैले नगरौं ।”

शर्माले भ्रमणको वातावरण सुनिश्चित नगरेसम्म चुनाव सम्भव नहुने भन्दै प्रधानमन्त्री सुशीला कार्कीको ध्यानाकर्षण गराएका छन् । साथै, उनले सिमरामा भएको घटनालाई दुःखद् प्रतिक्रिया दिंदै त्यसप्रति चिन्ता व्यक्त गरेका छन् ।