Butwal Today

महेश बस्नेतको नाममा बारामा विरोध, जेनजी समूह र प्रहरीबिच झडप

३ मंसिर २०८२, बुधबार
अ+
अ-

काठमान्डौ, ३ मंसिर ।

नेकपा एमाले नेता महेश बस्नेतको विरोध गर्न सिमरा विमानस्थलमा भेला भएका जेनजी समूहका युवाहरू र प्रहरीले झडप भएको छ ।

बस्नेत मधेस प्रदेश स्तरीय युवा जागरण अभियान कार्यक्रममा सहभागी हुन आज बारा आउने कार्यक्रम तय भएपछि जेनजी समूहले विरोध जनाउँदै विमानस्थल पुगेका थिए ।

सिमरा विमानस्थल घेराउ गर्ने प्रयास भएपछि प्रहरीले भीड नियन्त्रणका लागि बल प्रयोग गरेको थियो । यही क्रममा दुवै पक्षबीच ठक्कर र झडप भएको जनाइएको छ ।

विमानस्थल सुरक्षाका लागि हाल जनपथ र सशस्त्र प्रहरीले ठूलो संख्यामा सुरक्षा फौज परिचालन गरेको छ । नेता बस्नेतलाई लिन पूर्वमन्त्री तथा एमाले नेता किसान श्रेष्ठ, ज्वालाकुमारी साह, अच्युत मैनालीलगायतका नेता विमानस्थल पुगेका छन् । उनीहरूलाई पनि प्रहरीले सुरक्षा व्यवस्था मिलाएर राखेको छ ।