Butwal Today

ओली भन्छन् : मेरो साथीहरूले प्रचण्डलाई घेरा हालिसके

३ मंसिर २०८२, बुधबार
अ+
अ-

काठमान्डौ, ३ मंसिर ।

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना साथीहरूले प्रचण्डलाई घेरा हालिसकेको व्यङ्ग्य गर्दै माओवादी पार्टी संकटमा परेको टिप्पणी गरेका छन् ।

काठमाडौंमा बुधबार नेकपा एमालेको स्थानीय विकास विभाग द्वारा आयोजित भेलालाई सम्बोधन गर्दै ओलीले भने, “एकताको नाममा नचाहिँदो काम नगर्ने खालका मान्छे, अहंकारले भरिएका मान्छे थुपारेर प्रचण्ड अब देख्छन् । एक ढंगले भन्नुपर्दा म खुसी छु । दोस्रो, तेस्रो, चौथो हुँदै छैटौं तहसम्मका नेता मेरो साथी हुन् । अब प्रचण्डले मेरा साथी कस्ता छन्, देख्ने समय आएको छ ।”

ओलीले लामो समय पार्टी नेतृत्व पंक्तिमा रहेका माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल जस्ता नेताहरूलाई संकेत गर्दै थपे, “मेरा साथीहरूले प्रचण्डलाई घेरिसके । माओवादी पार्टी विघटन गराइसके, माओवादी पार्टी सिध्याइसके ।”

अध्यक्ष ओलीले अब नेकपा माओवादीको वैधानिकता नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको पार्टीमा मात्र रहेको दावी गर्दै भने, “अब नेकपा माओवादी भनेको विप्लवजीहरूको मात्र हो। प्रचण्डहरू अब माओवादी होइनन् ।”