ट्रेंडिंग:

>> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास

लुम्बिनीमा माटो र छ्वाली सामग्री निर्माण तालिम सुरु

३ मंसिर २०८२, बुधबार
३ मंसिर २०८२, बुधबार

लुम्बिनी ।

लुम्बिनी क्षेत्रमा कला र सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित एक महिनाको माटो तथा छ्वालीका सामग्री निर्माण तालिम सुरु भएको छ। तालिममा स्थानीय युवा, शिल्पकार तथा कला–रुचि भएका सहभागीहरूको उत्साहपूर्ण सहभागिता रहेको छ।

बुद्धकालीन मूर्ति, भाँडाकुडा तथा छ्वालीबाट उपहार–सामग्री निर्माण गर्ने सीप प्रदान गरिने यो तालिमले सिर्जनशील क्षेत्रमा युवा अभिमुखीकरणसँगै स्थानीय संस्कृति विश्वभर प्रमोट गर्ने अपेक्षा गरिएको छ।

उद्घाटन समारोहमा बोल्दै लुम्बिनी साँस्कृतिक नगरपालिकाका कार्यवाहक मेयरले विश्व सम्पदास्थल लुम्बिनीको मौलिक पहिचान जोगाउन यस्ता सीप–आधारित तालिम अपरिहार्य भएको बताए। उनका अनुसार बुद्धकालीन मूर्ति तथा भाँडाकुडा उत्पादन गरेर देश–विदेशमा बजार विस्तार गर्न सकिने भएकाले तालिमले स्थानीय रोजगारी र आर्थिक सम्भावना बढाउनेछ।

सहभागीहरूले तालिमले आफुहरूको व्यावहारिक जीवनमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको बताउँदै आगामी दिनमा पनि यस्तै कार्यक्रम निरन्तर हुनुपर्ने आवश्यकता औंल्याए।

कार्यक्रममा लुम्बिनी विकास कोषका सूचना प्रमुख हरि ध्वज राईले लुम्बिनीको पहिचान कला, संस्कृति र बुद्ध दर्शनसँग प्रत्यक्ष जोडिएको हुँदा परम्परागत सीप संरक्षण तथा स्थानीय रोजगार सिर्जनामा यस्ता तालिम प्रभावकारी हुने धारणा राखे।

तालिममा माटो र छ्वालीबाट सामग्री बनाउने प्राचीन प्रविधि, संरचना निर्माणका चरण, अनुहार तथा अभिव्यक्तिको कलात्मक स्वरूप, बुद्धकालीन प्रतिमाको ऐतिहासिक महत्त्वलगायत विषयमा विशेषज्ञहरूले सैद्धान्तिक तथा व्यावहारिक प्रशिक्षण दिनेछन्। मूर्ति आकार मिलाउने, सतह सफाइ, कला–अनुशासन र सुरक्षा पक्षसम्बन्धी व्यावहारिक अभ्यास पनि समेटिएको छ।

लुम्बिनी होटल संघ नेपालका महासचिव पुरुत्तम अर्यालले स्थानीय सीपलाई व्यवसायिक क्षेत्रमा रूपान्तरण गर्ने लक्ष्यका साथ तालिमले सांस्कृतिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रम नेपाल हस्तकला महासंघका उपाध्यक्ष नबिन शाक्यको अध्यक्षता, लुम्बिनी साँस्कृतिक नगरपालिकाकी कार्यवाहक मेयर कल्पना हरिजनको प्रमुख आतिथ्यता तथा होटल संघ नेपालका अध्यक्ष गोबिन्द ज्ञवालीको विशिष्ट आतिथ्यतामा सम्पन्न भयो। कार्यक्रममा लुम्बिनी विकास कोषका सूचना प्रमुख हरि ध्वज राई, पर्यटनविद् हेम बहादुर बिष्ट, चुजि फाउन्डेशन नेपालका अध्यक्ष चक्र ज्योति शाक्यलगायतको उपस्थिति रहेको थियो।

यो तालिम यूएनडीपी नेपाल, नेपाल पर्यटन बोर्डको सहयोग तथा लुम्बिनी होटल संघ नेपाल, लुम्बिनी साँस्कृतिक नगरपालिका, लुम्बिनी विकास कोष र नेपाल हस्तकला महासंघको संयुक्त आयोजनामा संचालित भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?