© २०२३
काठमान्डौ, ३ मंसिर ।
नेकपा एमाले नेता महेश बस्नेतविरुद्ध जेनजी समूहले प्रदर्शन गरेपछि बारामा कर्फ्यु आदेश जारी गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रका अनुसार मध्यान्ह १२:२० बजेदेखि राति ८ बजे सम्मका लागि कर्फ्यु लागू गरिएको छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) र ६(ख) बमोजिम जीतपुर–सिमरा उपमहानगरपालिका भित्रको निश्चित चारकिल्ला क्षेत्रलाई लक्षित गर्दै कर्फ्यु जारी गरिएको हो ।
मिश्रका अनुसार गण्डक नहरदेखि पथलैया सडकखण्डसम्म राजमार्गको दायाँ–बायाँ ५०० मिटर क्षेत्र तथा सिमरा विमानस्थल परिसर वरिपरि ५०० मिटर भित्र कुनै पनि व्यक्ति आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा वा घेराउ गर्न पाइने छैन ।
कर्फ्यु अवधिभर अत्यावश्यक सेवाका सवारीसाधन—एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मीका सवारीसाधन, सञ्चारकर्मी, कूटनीतिक नियोग, पर्यटक सवारीसाधन तथा हवाई टिकटका आधारमा यात्रुहरूको आवागमनलाई सुरक्षा निकायले आवश्यक सहजीकरण गर्ने सूचनामा उल्लेख गरिएको छ ।
