© २०२३
काठमान्डौ, २ मंसिर ।
नेकपा एमालेको विघटित संसदीय दलको बैठक मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको छ ।
बैठक दिउँसो १ बजे बोलाइएको भए पनि डेढ घण्टा ढिलो गरी सुरु भएको थियो। सचिवालय बैठकले संसद पुनर्स्थापनाको माग र आगामी निर्वाचनसम्बन्धी स्पष्ट धारणा बनाउने जनाएको छ ।
विघटित प्रतिनिधि सभामा एमाले दलका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार, पार्टीले असंवैधानिक ठहर गरेको संसद् विघटन र त्यसको पुनर्स्थापनासम्बन्धी विषयमा अध्यक्ष केपी शर्मा ओलीले सांसदहरुलाई जानकारी दिनेछन् । छलफलपछि आवश्यक निर्णय पनि लिनु हुने बताइएको छ ।