Butwal Today

शान्ति तथा द्वन्द्व व्यवस्थापन पिस पोस्टर प्रतियोगितामा पामिर एकेडेमी विजेता

२ मंसिर २०८२, मंगलवार
अ+
अ-

बुटवल, २ मंसिर ।

रोटरी क्लब अफ बुटवलले आयोजना गरेको शान्ति तथा द्वन्द्व व्यवस्थापन सम्बन्धी पिस पोस्टर प्रतियोगितामा पामिर इन्टरनेशनल एकेडेमी विजेता बनेको छ।

प्रतियोगितामा फर्स्ट रनर–अप दीप बोर्डिङ हाईस्कुल र सेकेन्ड रनर–अप अक्सफोर्ड सेकेन्डरी स्कुल भएका छन्। त्यस्तै, सान्त्वना पुरस्कार न्यू इनभायरन्मेन्ट इंग्लिस स्कुलले प्राप्त गरेको छ।

विजेताले नगद ८ हजार रुपैयाँसहित मेडल र ट्रफी प्राप्त गरे। फर्स्ट रनर–अप, सेकेन्ड रनर–अप र सान्त्वना प्राप्तकर्ताले क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँसहित मेडल र ट्रफी प्राप्त गरेका छन्।

विजेता तथा उप–विजेताहरूलाई क्लबका अध्यक्ष कृष्ण पराजुली, निवर्तमान अध्यक्ष प्रज्वल थान्जु, दीप बोर्डिङ स्कुलका अध्यक्ष राजेन्द्र ध्वजु तथा कार्यक्रम संयोजक डी.आर. पन्थीले पुरस्कार प्रदान गरेका हुन् भन्ने जानकारी क्लबका सचिव शिवकुमार ज्ञवालीले दिए।

प्रतियोगितामा १२ देखि १८ वर्ष उमेर समूहका इन्टरेक्ट क्लबमा आवद्ध विद्यार्थीहरू सहभागी भएका थिए। यस क्षेत्रका ११ विद्यालयबाट १८ जनाको सहभागिता रहेको क्लबले जनाएको छ।

शान्ति र द्वन्द्वको सन्दर्भमा देखिने सामाजिक परिवेश, शान्ति स्थापना गर्न सकिने उपाय तथा द्वन्द्व कसरी सुरु हुन्छ भन्ने विषयमा सहभागी विद्यार्थीहरूले प्रभावकारी प्रस्तुति दिएको अध्यक्ष पराजुलीले बताए।