ट्रेंडिंग:

>> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित)  >> ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी >> श्री पालु सिद्ध प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना >> एमाले महाधिवेशन : उद्घाटन सत्रमा १० हजार स्वयंसेवक खटाइने >> आज पनि घट्यो सुनचाँदीको मूल्य >> सामाजिक सञ्जाललाई माध्यम बनाएर यौन दुर्व्यवहार बढ्दै >> महिला टी-२० विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा >> शेरबहादुर तामाङ केपी ओली टिमबाट उपमहासचिवमा उठ्ने >> काठमाडौंले पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै >> सरकारी कार्यालयमा प्रदेशकै काठ प्रयोग गर्ने लुम्बिनी प्रदेश सरकारको नीति  >> यसवर्षको हिउँदमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण >> बहालमा रहेका जनप्रतिनिधिलाई आगामी निर्वाचनमा कांग्रेसले उम्मेदवार नबनाउने >> दुर्गा प्रसाईं भन्छन् : राजसंस्था र प्रदेशबारे जनमत संग्रह गरौँ

‘अब दृष्टिकोण बदल्ने समय आएको छ’

२ मंसिर २०८२, मंगलवार
२ मंसिर २०८२, मंगलवार

विश्वका शक्तिशाली राष्ट्रहरू आफ्नो ऊर्जा धर्म, राजनीति वा व्यक्तिवादमा होइन, प्रविधि र उत्पादक प्रतिस्पर्धामा खर्च गर्छन् । उदाहरणका रूपमा चीनलाई लिन सकिन्छ ।

त्यहाँका नागरिकहरू प्रायः नास्तिक छन्, त्यसैले धर्मका नाममा झगडा हुँदैन । (म नास्तिक हुँदै होइन तर धर्म नमान्नुहोस् पनि भन्दिनँ) । उनीहरूको ध्यान राजनीति भन्दा पनि आविष्कारमा केन्द्रित हुन्छ । कसैले भन्छ– “म मेरो उत्पादन नेपालसम्म पु¥याउँछु ।”

अर्काले उत्तर दिन्छ–“म त यही उत्पादन पूरै एसियामा बिक्री गर्छु ।” अर्को आफ्नो उत्पादन विश्व बजारमा पु¥याउने आँट गर्छ । त्यही हो स्वस्थ प्रतिस्पर्धा जसले राष्ट्रलाई अग्रगमन गराउँछ । तर, नेपालमा परिदृश्य ठिक विपरीत छ । यहाँ विकासभन्दा बहस ठुलो विषय बनेको छ ।

चिया चौतारो, सामाजिक सञ्जाल र टिकटक समूहहरूमा दिनभरि यही कुरा हुन्छ । फलानो नेताले देश बेच्यो, फलानो देशको गुप्तचर हो, फलानो दल देशद्रोही हो । तर, जब देश बनाउने सवाल आउँछ, तब त्यो बहस मौन बन्छ ।

मिडियाले पनि सनसनी र आक्रोशलाई प्राथमिकता दिन थालेको छ । कसले कसलाई भेट्यो, कसले कसको घरमा गयो– त्यही विषयले हेडलाइन पाउँछ । तर, कसैले नयाँ प्रविधि विकास ग¥यो, गाउँमा बिजुली पु¥यायो, दुर– दराज गाउँको युवकले आफ्नै हात र सीपले उत्पादन गरेको स्याउको, आफ्नै गाउँमा सिँचाइको आयोजना सुरु ग¥यो, त्यो समाचार मौन रहन्छ ।

हाम्रो समस्या राजनीति होइन, मानसिकता हो । हामी हरेक कुरा ‘कसले गरेन’ भन्ने दृष्टिले हेर्छौँ, तर ‘मैले के गर्न सक्छु’ भन्ने सोच राख्दैनौँ । देशका युवाहरूले रोबोट बनाउने, जैविक मल उत्पादन गर्ने, वा कृत्रिम बुद्धिमत्तामा नयाँ आविष्कार गर्ने प्रतिस्पर्धा गर्नुपर्ने हो तर उनीहरू सामाजिक सञ्जालमा गालीगलौज र आरोप–प्रत्यारोपको भिडन्तमा रमाइरहेका छन् ।

नेता त हामीले घर–घरमा जन्माएका छौँ तर जनता गुमाएका छौँ । विचार धेरै छन्, तर कर्म छैन । यही कारण हो– नेपाल अझै दिशाहीन यात्रामा छ । अब दोष होइन, दृष्टि बदल्ने समय आएको छ । राजनीति होइन, उत्पादक प्रतिस्पर्धा आवश्यक छ ।

धर्म होइन, कर्ममा आस्था जरुरी छ । हामीले ‘कसले देश बेच्यो’ भन्दा बढी सोच्नुपर्छ– ‘मैले देशका लागि के गर्न सक्छु ? राष्ट्र त्यति बेला मात्र अघि बढ्छ, जब नागरिकहरू बहसमा होइन, योगदानमा रमाउँछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?