© २०२३
सल्यान, ०२ मङ्सिर ।
सल्यानको त्रिवेणि गाउँपालिकाले २१ कोठाको नयाँ प्रशासकीय भवनबाट सेवा सुरु गरेको छ ।
२०७७ सालबाट निर्माण कार्य सम्झौता अवधिभन्दा करिब तीन वर्ष ढिला सम्पन्न भएको हो । पटक पटकको ताकेताका कारण निर्माण कार्य पूरा भएपछि सोमबारबाट औपचारिक उद्घाटन सहित सेवा सुरु भएको त्रिवेणि गाउँपालिकाले जनाएको छ ।
भवन उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष खिम बहादुर रावतले अब नयाँ भवन र फराकिला कोठामा कार्यालय सरेकाले यसबाट सेवा लिने र दिने दुवैलाई सहज हुने बताए । नवनिर्मित भवनमा बैठक हल सहित २१ कोठाहरू रहेका छन् ।
यस अघि गाउँपालिकाको आफ्नै भवन नहुँदा विभिन्न शाखाहरू छुट्टाछुट्टै छरिएर भाडाको घरबाट सञ्चालन हुँदै आएको थियो । गाउँपालिकाले ठेक्का प्रक्रिया मार्फत ३० महिनामा काम सम्पन्न गर्ने लक्ष्य राखेर २०७७ असार ३० मा निर्माण कम्पनीसँग सम्झौता गरेको थियो ।
प्राकृतिक हमाल जेभीले पाँच करोड ३४ लाख रुपैयाँमा भवन निर्माणको सम्झौता गरेकोमा समयमै काम सम्पन्न हुन नसकेपछि धेरै पटकको ताकेता र पहलबाट यो बर्षमात्र भवनले पूर्णता पाउन सकेको प्रमुख प्रशासकीय अधिकृत खुम बहादुर केसीले जानकारी दिए । निर्माण कम्पनीले