© २०२३
काठमान्डौ, २ मंसिर ।
नेपाल औषधि लिमिटेडले ९ प्रकारका नयाँ औषधि उत्पादनको तयारी थालेको छ ।
लिमिटेडले ती औषधिको तीन महिनाको प्रारम्भिक परीक्षण सकिसकेको छ भने अब थप ६ महिनाको परीक्षण पूरा गरी औषधि व्यवस्थापन विभागबाट अनुमतिपत्र लिएर उत्पादन सुरु गर्ने तयारीमा रहेको महाप्रबन्धक कैलाशकुमार पनेरुले जानकारी दिए ।
नयाँ औषधिमा जुका, मधुमेह, उच्च रक्तचाप, कोलेस्टेरोल, आइरन चक्की, फोलिक एसिड, एजिथ्रोमाइसिन लगायतका नौ प्रकारका औषधि समावेश छन् ।
यसअघि नेपाल औषधि लिमिटेडले ११ प्रकारका औषधि उत्पादन गर्दै आएको थियो ।