© २०२३
काठमान्डौ, २ मंसिर ।
प्रियांक पान्चलको उत्कृष्ट ९० रनको मद्दतमा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ थालेको कर्णालीले तीन विकेट गुमाएर १६६ रन जोडेको छ ।
ओपनिङ गरेका भारतीय खेलाडी प्रियांक पान्चलले ४८ बलमा ७ चौका र ६ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे । उनले पहिलो विकेटका लागि म्याक्स ओ’डाउडसँग ६१ रन र दोस्रो विकेटका लागि मार्क वाटसँग ६३ रनको साझेदारी गरे ।
म्याक्स ओ’डाउडले २० र मार्क वाटले १६ रन योगदान दिए । पवन सर्राफले १६ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै अविजित २७ रन बनाए ।