© २०२३
काठमान्डौ, २ मंसिर ।
सरकारले दिवङ्गत पत्रकार सुरेश रजककी पत्नी सुजन मगियालाई रोजगारी दिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको उपस्थितिमा मङ्गलबार मन्त्रालयमा आयोजित कार्यक्रममा मगियालाई नियुक्तिपत्र प्रदान गरिएको हो ।
सुरक्षण मुद्रण कोषका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले उनलाई नियुक्तिपत्र हस्तान्तरण गरेका हुन् । मगियालाई मन्त्रालयअन्तर्गतको मुद्रण केन्द्रमा कम्प्युटर अधिकृतको रूपमा करार सेवामा नियुक्त गरिएको छ ।