© २०२३
काठमान्डौ, २ मंसिर ।
सुनको मूल्य आज तोलामा तीन हजार आठ सय रुपैयाँले घटेको छ । सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य घटेर तोलाको दुई लाख ३९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको मूल्य तोलाको दुई लाख ४३ हजार तीन सय रुपैयाँ थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि आज तोलामा ६५ रुपैयाँले सस्तिएको छ । चाँदी आज तोलाको तीन हजार ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको मूल्य तोलाको तीन हजार एक सय ५५ रुपैयाँ थियो ।