© 2026
काठमान्डौ, २ मंसिर ।
नेपाल प्रिमियर लिग (एनपीएल) मा मंगलबार भएको रोमाञ्चक खेलमा चितवन राइनोजले कर्णाली याक्सलाई चार विकेटले पराजित गरेको छ।
कर्णालीले दिएको १६७ रनको लक्ष्य चितवनले पाँच विकेट गुमाएर १९.१ ओभरमा पूरा गरेको हो ।
चितवनका लागि रवि बोपाराले ५२, दीपक बोहराले ४२, सैफ जैबले ३८ र कुशल मल्लले २० रनको योगदान दिए । कर्णालीका लागि सोमपाल कामीले दुई तथा उनिस सिंह र युवराज खत्रीले एक–एक विकेट लिए ।
यसअघि ब्याटिङ गरेको कर्णालीले तीन विकेट गुमाएर १६६ रन बनाएको थियो । कर्णालीका लागि प्रियांक पञ्चालले ९०, पवन सर्राफले २७, म्याक्स ओ’डाउले २० र मार्क वाटले १६ रन बनाए ।
चितवनका लागि सोहैल तनविर, सैफ जैब र रवि बोपाराले समान रूपमा एक–एक विकेट लिए ।