Butwal Today

नेत्रहीन महिला टी–२० विश्वकप : नेपालसँग पाकिस्तान १० विकेटले पराजित

२ मंसिर २०८२, मंगलवार
अ+
अ-

काठमान्डौ, २ मंसिर ।

भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना गरिएको नेत्रहीन महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले मंगलबार पाकिस्तानलाई १० विकेटको फराकिलो अन्तरले पराजित गरेको छ ।

जवाफी ब्याटिङका लागि ओर्लिएको नेपालले एक सय ७१ रनको लक्ष्य १३ ओभरमै पूरा गर्दै कुनै विकेट गुमाएको छैन । नेपाली टोलीले १ सय ७३ रन बनाएको थियो ।

नेपालको जीतमा ओपनर विनिता पुनले केवल ५४ बलमा अविजित एक सय सात रन बनाउँदै निर्णायक भूमिका निर्वाह गरिन् । अर्की ओपनर मनकेशरी चौधरीले ३१ बलमा अविजित ४३ रनको योगदान दिइन् । टोलीले अतिरिक्त रूपमा २३ रन पनि प्राप्त गरेको थियो ।

यस जितसँगै नेपालले सेमिफाइनल प्रवेश गरिसकेको छ ।