Butwal Today

आगामी २४ घण्टा देशभर मौसम सफा रहने

१ मंसिर २०८२, सोमबार
अ+
अ-

काठमान्डौ, १ मंसिर ।

मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि मौसम सम्बन्धी अद्यावधिक विवरण सार्वजनिक गरेको छ । सोमबार बिहान ८ बजे जारी बुलेटिनअनुसार देशभर उल्लेखनीय मौसम प्रणाली सक्रिय नरहेकाले अधिकांश स्थानमा मौसम सफैै हुने अनुमान गरिएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने अन्य प्रदेशका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहनेछ ।

आज राति देशभर आकाश पूर्ण रूपमा सफा रहने महाशाखाको पूर्वानुमान छ ।