© २०२३
काठमाडौं ।
सर्वोच्च अदालतले मधेस प्रदेशका ५ जना सदस्यलाई तत्काल पदमुक्त नगर्न आदेश जारी गरेको छ । न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डललाई ५ जना सांसदलाई पदमुक्त नगर्न निर्देशन दिएको हो ।
कात्तिक २७ गते सभामुख मण्डलले जनता समाजवादी पार्टीका ४ र नागरिक उन्मुक्ति पार्टीका १ सांसदलाई पदमुक्त गरेका थिए ।
जसपाका सांसद मनीष कुमार सुमन, संजयकुमार यादव, सिंहासन साह कलवार र सारदा शंकर साह कलबनर तथा नागरिक उन्मुक्ति पार्टीकी सांसद उर्मिला सिंह पदमुक्त भएका थिए । सभामुखको उक्त निर्णयविरुद्ध उनीहरूले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।