Butwal Today

प्रधानमन्त्री कार्कीले नागरिक समाजका अगुवासँग अन्तरक्रिया गर्ने

१ मंसिर २०८२, सोमबार
अ+
अ-

काठमान्डौ, १ मंसिर ।

प्रधानमन्त्री सुशीला कार्कीले आज नागरिक समाजका अगुवा प्रतिनिधिहरूसँग अन्तरक्रिया गर्ने भएकी छन् । दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा हुने उक्त भेटवार्तामा प्रधानमन्त्रीले आगामी निर्वाचनका विषयमा छलफल गर्ने कार्यक्रम छ ।

यसअघि प्रधानमन्त्री कार्कीले विभिन्न राजनीतिक दलका नेता, प्रदेश तथा स्थानीय तहका प्रमुखहरू र ‘जनेजी’ आन्दोलनका अगुवासँगसमेत परामर्श गरिसकेकी छन् । केही राजनीतिक दलले अझै पनि निर्वाचनमा सहभागिताबारे स्पष्टता नजनाएपछि नागरिक अगुवाहरूसँग छलफल गर्न लागिएको प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले जानकारी दिए ।

आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुने तय भएको छ। सो निर्वाचनका लागि आवश्यक कार्यतालिका निर्वाचन आयोगले सार्वजनिक गरिसकेको छ।