© २०२३
काठमान्डौ, १ मंसिर ।
नेपाल प्रहरीले त्रिभुवन विश्वविद्यालय (टीयू) क्रिकेट मैदान आसपास अनावश्यक भीडभाड नगर्न अनुरोध गरेको छ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग ९एनपीएल० क्रिकेट प्रतियोगिताका लागि आजका सबै टिकट सकिएको जानकारी प्राप्त भएपछि प्रहरीले सुरक्षा व्यवस्थापन सहज बनाउन यस्तो आग्रह गरेको हो ।
प्रहरीले सार्वजनिक गरेको सूचनामा भनिएको छ, “टिकट नभएका महानुभावहरूलाई उक्त स्थान वरपर भीडभाड नगरी सुरक्षा व्यवस्था सहज बनाउन सहयोग गरिदिनुहुन अनुरोध गर्दछौं ।”
एनपीएलको दोस्रो संस्करण आजदेखि टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदैछ । उद्घाटन खेल साँझ ४ बजेबाट काठमाडौं गोर्खाज र साविक विजेता जनकपुर बोल्ट्सबीच हुनेछ । टीयू मैदानमा पहिलोपटक फ्लडलाइटमा खेल आयोजना गर्न लागिएको हो ।
यस संस्करणको प्रतियोगितामा जनकपुर बोल्ट्स, काठमाडौं गोर्खाज, सुदूरपश्चिम रोयल्स, चितवन राइनोज, विराटनगर किङ्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र कर्णाली याक्स प्रतिस्पर्धा गर्नेछन् ।