नवगठित नेपाली कम्युनिस्ट पार्टीले प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेको छ ।
सोमबार नेता राजेन्द्र पाण्डेसहितको टोली निर्वाचन आयोग पुगेको थियो र फागुन २१ मा हुने निर्वाचनका लागि दल दर्ता गराएको हो ।
तत्कालीन नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दल मिलेर कात्तिक १९ गते नेपाली कम्युनिस्ट पार्टी गठन भएको थियो । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि मंसिर १ देखि १० गतेसम्म दल दर्ता गर्ने समय निर्धारण गरेको छ ।