Butwal Today

अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने जेसिबी र ट्रिप्पर नियन्त्रणमा

१ मंसिर २०८२, सोमबार
अ+
अ-

दाङ ,१ मङ्सिर । 

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. -१४ स्थित बगौसी दोभदान किनारमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गरिरहेको  अवस्थामा जिल्ला प्रहरी कार्यालय दाङले जेसिबी र टिप्पर नियन्त्रणमा छ  ।

अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गरिरहेका रा १ क १०६१ नं. को जेसिबी मेसिन र रा १ ख २६१४ नं. को ट्रिप्परलाई नियन्त्रणमा लिइएको हो   । नियन्त्रणमा रहेका जेसिबी र टिप्परले तुलसीपुर उपमहानगरपालिकालाई  एक लाख असि हजार पाँच सय सत्र रुपैयाँ जरिवाना बापतको रकम लिएको छ ।

कारबाही पश्चात पक्राउ परेका  जेसिवि  र टिप्परलाइ सम्बन्धित व्यक्तिहरूको जिम्मा लगाई पठाइएको  जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए ।