ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

सरकार बदमास कि ठेकेदार ? नापीमा सरासर, मालपोतमा मनपरी !

नापीले भवन सकेर कार्यालय चलाइसकेको भए पनि मालपोतको भवन निर्माणको काम सरासर भएको छैन । पटक–पटक ताकेता गर्दा पनि भवन निर्माण स्थलमा पिल्लरमात्रै ठडिएको छ । १२ औँ पटक बैठक र छलफलपछि मात्रै ठेकेदार कम्पनीले काम सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेको मालपोत कार्यालयको भनाइ छ । 
१ मंसिर २०८२, सोमबार
१ मंसिर २०८२, सोमबार

बुटवल, ०२ कार्तिक । 

नापी कार्यालय बुटवलको कार्यालय भवन बन्यो, कार्यालय स¥यो पनि । त्यहाँ अहिले पूर्वाधारका हिसाबले कार्यालय सञ्चालनमा र सेवा लिन सहजता छ ।

तर मालपोतको कार्यालय निर्माण रोकिएको छ । जय बागेश्वरी माता जेभी कम्पनीले ठेक्का लिएर समयमा काम नगर्दा मालपोतको भवन नबनेको हो । भवन निर्माणको काम सरासर भएको छैन ।

अनुगमन र ताकेता गर्दा पनि ठेकेदारलाई काम लगाउन सकेको छैन । १२ औँ पटक बैठक र छलफलपछि मात्रै ठेकेदार कम्पनीले अर्को महिनाबाट काम सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेको मालपोत कार्यालयको भनाइ छ ।

अहिले मालपोत कार्यालय बेलबासको एक निजी घर भाडामा लिई सञ्चालन भइरहेको छ । मालपोत कार्यालयमा भेटिएकी तिलोत्तमा नगरपालिकाकी आरती मगरलाई मालपोत कार्यालय बुटवलमा पुग्दा कार्यालयजस्तो नलागेको बताइन ।

पहिलो पटक जग्गा सम्बन्धी काम लिएर आएकी मगरले सरकारी कार्यालय यस्तो स्थानमा राख्नु भनेको सेवा लिन आउनेहरूलाई दुःख दिनु भएको बताइन । उनी भन्छिन्–‘हेर्नुहोस् त यहाँ नत स्कुटर राख्ने स्थान छ ।

नत शीतलमा बसेर पालो कुर्ने अवस्था छ । यस्तो भिडभाड छ, बाटो नै छेक्ने गरेर सवारी साधन राख्न हामी बाध्य छौ । समय बिताउनका लागि राम्रो चिया पसल समेत छैन ।’ यस्तो ठाउँबाट पनि कार्यालयले सरकारी सेवा दिने हो ? उनको प्रश्न थियो ।

थापा मात्रै होइन मालपोत कार्यालयको अस्तव्यस्त पाराले स्थानीय व्यवसायी समेत हैरान छन् । दिनभरिको पार्किङको समस्याले व्यापार छैन । भिडभाड मात्रै छ । सरकारले यसको छिटो व्यवस्थापन गर्नुपर्छ, होइन भने व्यापार गरेर बस्न सक्ने अवस्था छैन ।

यो मालपोत कार्यालय नजिकै हार्डवेयर पसल सञ्चालन गरेका व्यवसायीले गुनासो गरे । कार्यालयमा यस्ता समस्या छन् तर यता बुटवल उपमहानगरपालिकाको वडा नं. १३ मा बन्न लागेको मालपोत कार्यालय निर्माणाधीन स्थानमा काम रोकिँदा अहिले घाँस उम्रिएको छन् । दैनिक भिडभाड हुने मालपोत कार्यालय बुटवलको नयाँ बन्न सुरु गरेको भवन अहिले अलपत्र जस्तै छ ।

त्योसँगै छेवैमा निर्माण पूरा भई सेवा सुरु भएको नापी कार्यालय भने चिटिक्क सजिएर सेवा प्रदान गरिरहेको छ ।  बुटवलको बेलवासमा रहेको मालपोत कार्यालयमा दैनिक २ सय भन्दा धेरै सेवाग्राही आउने गर्दछन् ।

यहाँ आउने सेवाग्राहीले नत आफ्ना सवारीका साधन पार्किङ गर्न सक्छन् नत लामो समयसम्म कुर्दा टुसुक्क बस्न नै पाउँछन् । २०७८ सालमा शिलान्यास भएको मालपोत कार्यालय निर्माणका लागि सङ्घीय सरकारले १५ करोड रकम विनियोजन गरे पनि काम अगाडि बढ्न सकेको छैन ।
जय बागेश्वरी माता जेभी कम्पनीले ठेक्का लिएर २०८० सालसम्म निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि अहिलेसम्म ५ प्रतिशत मात्रै निर्माणको काम भएको मालपोत कार्यालय बुटवलका प्रमुख मदन बहादुर जिसीले जानकारी दिए ।

‘मालपोत कार्यालयका लागि भवन अति आवश्यक छ तर निर्माणको जिम्मा लिएको कम्पनीले काम नगर्दा सेवाग्राहीसँगै कर्मचारीहरूले समेत दुख भोग्नु परेको छ ।’ उनले अहिले कार्यालय रहेको घर आवासीय भएको र कार्यालय राख्न मिल्ने मापदण्ड छैन नभएको बताए ।

तर पनि नापी कार्यालयको नजिकमा राम्रो घर नभएका कारण मालपोत कार्यालय नापी कार्यालयको नजिकै राख्नुपर्ने आवश्यकताका कारणले गर्दा बाध्यतावश यो घरमा कार्यालय राखेको तर्क गरे ।

भर्खरै मात्र अर्घाखाँचीको शितगंगा नगरपालिकाबाट सरुवा भई आएका जिसले समस्या समाधानका लागि आफूहरूले स्थानियबासीसँगको छलफल र सुझाव सङ्कलनपछि निर्माणको जिम्मा लिएका कम्पनीको ठेकेदार यज्ञबहादुर खत्रीसँग छलफल भएको र अब निर्माणको काम अगाडी बढाउने सहमति भएको जानकारी दिए ।

उनले अहिलेसम्म निर्माण कम्पनीलाई करिब ७५ लाख भुक्तानी गरेको र निर्माणको जिम्मा लिएको कम्पनीलाई अझै १ करोड ५० लाख भुक्तानी गर्न बाँकी रहेको कार्यालयका प्रमुख जिसीले बताए ।

उनले यो वर्ष निर्माण कम्पनीले काम सन्तोषजनक रूपमा सुरु गरे कार्यालय २ करोड ५० लाख रुपियाँ भुक्तानी दिन सक्ने बताए । तर कामको सुरुवात नभए मालपोत कार्यालय बुटवलले निर्माण कम्पनीसँगै भएको निर्माण सम्झौता तोड्ने जानकारी दिए ।

बुटवल उपमहानगर पालिका वडा नं. १३ नापी कार्यालय नजिकै ५ हजार वर्ग किलो ‐करिब १५ क कट्ठा) क्षेत्रफलमा बन्न लागेको मालपोत कार्यालय ३ तले भवनमा २५ देखि ३० वटा सुविधा सम्पन्न कोठाहरू निर्माण गर्नको काम सुरु भए पनि अहिलेसम्म जम्मा ५ प्रतिशत मात्रै काम भएको प्रमुख जिसीको भनाइ छ ।

२०८० भित्र सम्पन्न हुन नसकेपछि मालपोत कार्यालय र निर्माण कम्पनीको गत वर्षको सम्झौता नवीकरण अनुसार २०८३ जेठ मसान्तसम्म भवन निर्माण सम्पन्न भइसक्नुपर्छ । तर कामको अवस्था हेर्दा समयमै काम सम्पन्न हुनेमा आशङ्का छ ।

मालपोत कार्यालय बुटवलले अहिले बेलवासमा कार्यालय रहेको घरधनी ई अनिल पौडेलको ३ तले ३ हजार वर्ग फुट ‐करिब १ कट्ठा) क्षेत्रफल रहेको घरमा प्रति महिना १ लाख ५० हजार रुपियाँ भाडा तिर्दे आएको छ ।

मालपोत कार्यालय प्रमुख जिसीका अनुसार साँगुरो स्थानबाट काम गरिरहेको मालपोत कार्यालयमा पछिल्लो भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले कर्मचारीहरूमा कामको भार थपेको छ । २४ गते भएको आगलागीका कारणले मक्रहर, गजेडी्, रुद्रपुर र सुकुम्बासी आयोगका कागजात जलेका छन् । अहिले स्रेस्ता अद्यावधिक गर्ने काममा कर्मचारीहरू लागि परेका छन् ।

कागजात जलेका जग्गाधनीहरूले सूचनालाई राम्रोसँग अध्ययन नगर्नाले कागजात नपुग्दा पनि फर्किरहनु परेको छ । यो कार्यालयले दुःख दिने मनसाय नभएको भन्दै सबै जग्गा भन्नेहरुले  सक्कली जग्गाको पुर्जा, तिरो बुझाएको रसिद, नागरिकता, निवेदन र सम्बन्धित वडाको सिफारिस लिएर मालपोत कार्यालयमा आउन अनुरोध गरे । सक्कली पुर्जा नहुनेहरूको हकमा भने केही समय लाग्ने जानकारी दिए ।

बुटवल जीत गढीमा मालपोत कार्यालयको भवन निर्माण कार्य रोकिएको छ । सँगसँगै सुरु भएको नापी कार्यालय भवन बनेर २०७७ सालमा शिलान्यास भएर निर्माण प्रक्रिया सुरु भएको थियो ।

करिब ५ करोड लागतमा निर्माण प्रक्रिया सुरु भएको नापी कार्यालय सुविधा सम्पन्न भवनबाट सेवाग्राहीले सेवा लिइरहेका छन् । नापी कार्यालय बुटवलले निर्माण सुरु गरेको ४ वर्षमा निर्माण सेकेर सेवा प्रवाह गरेर नापी कार्यालय बुटवलका प्रमुख कृष्णप्रसाद आचार्यले जानकारी दिए ।

उनले नयाँ भवनबाट सेवा प्रवाह गर्दा सेवाग्राहीसँगै कार्यालयका कर्मचारीहरूलाई समेत सहज अवस्था रहेका जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?