© २०२३
सल्यान, १ मङ्सिर ।
करिब एक सय क्यु फिट अवैध काठ सहित सल्यानमा एक जना पक्राउ परेका छन् ।
बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ९ स्थित दर्शन टाकुरी सामुदायिक वनमा अवैध रूपमा खोटे सल्ला प्रजातिको रुख काटेर चिरान गर्न लागेको अवस्थामा हस्तबहादुर बस्नेतलाई सल्यान प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बरामद गरिएको ५१ थान चिरान काठ ४१.०५ क्यु फिट र दुई थान गोलिया ५५.८९ क्यु फिट रहेको छ ।
बरामद काठ र हस्त बहादुरलाई पक्राउ गरी थप अनुसन्धानको लागि डिभिजन वन कार्यालय सल्यानमा आइतबार पठाइएको जिल्ला प्रहरी कार्यालयको सञ्चार शाखाले जनाएको छ ।