Butwal Today

सिंहदरबार प्रवेशका लागि नियमित प्रणाली अनुसार गेट पास दिन सुरु

१ मंसिर २०८२, सोमबार
अ+
अ-

काठमान्डौ, १ मंसिर ।

सिंहदरबार प्रवेशका लागि नियमित प्रणालीअनुसार पास वितरण सुरु गरिएको छ । जेनजी आन्दोलनपछि केही समय मूल गेटमै पास प्रदान गरिँदै आएको थियो । तर मन्त्रालय तथा निकायअनुसार विभाजित झ्यालबाट पास वितरण हुने संरचनामा तोडफोड र आगजनी भएपछि पास वितरण प्रक्रिया रोकिएको थियो ।

आवश्यक मर्मतसम्भार पूरा भएपछि पुनः पुरानै प्रणालीमार्फत प्रवेश पास दिन सुरु गरिएको सुरक्षा अधिकारीहरूले बताएका छन् । गेटमा जिम्मेवारीसम्हालिरहेका एक सुरक्षा अधिकारीका अनुसार २६ कात्तिकदेखि नियमित प्रणालीअनुसार सिंहदरबार प्रवेश पास वितरण पुनः सुचारु गरिएको हो ।